काठमाडौँ, ११ वैशाख। नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिक बनेका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताब (लाइसेन्स रजिस्टर)बाट हटाएको छ।
काउन्सिलका अनुसार ती चिकित्सकहरूले नेपाली नागरिकता त्यागेर विभिन्न देशको नागरिकता ग्रहण गरेपछि उनीहरूको चिकित्सक लाइसेन्स खारेज गरिएको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले नेपाली नागरिकता त्यागिसकेपछि सम्बन्धित व्यक्ति नेपाली चिकित्सकको सूचीमा रहन नमिल्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ तथा काउन्सिलको निर्णयका आधारमा उक्त कदम चालिएको हो।
“नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिक भइसकेपछि नेपाली चिकित्सकको सूचीमा राख्न मिल्दैन। त्यसैले प्रचलित कानुन र काउन्सिलको निर्णय अनुसार नाम हटाइएको हो,” रजिष्ट्रार देवले भन्नुभयो । उहाँका अनुसार उक्त निर्णय लागू भइसकेको छ।
काउन्सिलले लाइसेन्स खारेज गरेका चिकित्सकहरू हङकङ, अस्ट्रेलिया, अमेरिका, बेलायत, पोर्चुगल, क्यानडा र भारतलगायत देशका नागरिक बनिसकेका छन्।
हेर्नुस् नेपाली नागरिकता त्यागेर लाइसेन्स खारेज गरेका चिकित्सकको नाम: