• बिहीबार , ५ कात्तिक २०८३
  • images

    विदेशी नागरिकता लिएका थप १९ चिकित्सकको लाइसेन्स खारेज 

    विदेशी नागरिकता लिएका थप १९ चिकित्सकको लाइसेन्स खारेज 

    शुक्रबार, वैशाख १८ २०८३
    शुक्रबार, वैशाख १८ २०८३
    विदेशी नागरिकता लिएका थप १९ चिकित्सकको लाइसेन्स खारेज 

    काठमाडौं, १८ वैशाख । नेपाल मेडिकल काउन्सिलले आफ्नो दर्ता ( लाइसेन्स) अभिलेख रजिष्टरबाट नाम हटाइएका चिकित्सकहरूको सूची सार्वजनिक गरेको छ। 

    काउन्सिलले जारी गरेको  सूचनामा विभिन्न कारणले दर्ता खारेज भएका चिकित्सकहरूले अब नेपालमा वैधानिक रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाउने स्पष्ट पारेको छ।

    images

    काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन, २०६३ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका वा अन्य कारणले अयोग्य ठहरिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो। 

    यसरी नाम हटाइएपछि उनीहरूले नेपालभित्र चिकित्सकीय अभ्यास गर्न नपाउने कानुनी व्यवस्था रहेको छ।

    सूचनामा उल्लेख भएअनुसार ती  चिकित्सकहरूले नेपाली नागरिकता त्यागेर बेलायती, अमेरिकी, अष्ट्रेलियन, स्विस, जर्मन लगायत विभिन्न देशको नागरिकता लिएका छन्। नागरिकता परिवर्तनसँगै उनीहरूको नेपाल मेडिकल काउन्सिलमा रहेको दर्ता स्वतः खारेज हुने प्रावधान लागू गरिएको हो।

    काउन्सिलले यस्ता चिकित्सकहरूलाई नेपालमा कुनै पनि अस्पताल, क्लिनिक वा स्वास्थ्य संस्थामा सेवा नदिन/नलिन सबै सरोकारवालालाई निर्देशन दिएको छ। साथै, यदि कसैले दर्ता खारेज भइसकेपछि पनि अवैधानिक रूपमा सेवा प्रदान गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

    काउन्सिलले यस निर्णयलाई स्वास्थ्य क्षेत्रको नियमन, सेवा गुणस्तर कायम राख्ने र कानुनी अनुशासन सुदृढ गर्ने कदमका रूपमा लिएको छ। 

    काउन्सिलले सर्वसाधारणलाई पनि चिकित्सकको सेवा लिँदा उनीहरूको दर्ता स्थिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।

    हेरौं सूचना:

    Screenshot_20260501_061822_Chrome.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार