• सोमबार, १५ भदौ २०८३
  • images

    पतञ्जलिले  उत्पादन गरेका १४ औषधिको लाइसेन्स खारेज

    पतञ्जलिले  उत्पादन गरेका १४ औषधिको लाइसेन्स खारेज

    मंगलबार, वैशाख १८ २०८१
    मंगलबार, वैशाख १८ २०८१
    पतञ्जलिले  उत्पादन गरेका १४ औषधिको लाइसेन्स खारेज

    नयाँदिल्ली,१८ वैशाख  । पतञ्जलिले उत्पादन गरेका  १४ किसिमका औषधिको लाइसेन्स खारेज भएको छ । 

    भारतको उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनीले उत्पादन गरेका १४ किसिमका औषधिको लाइसेन्स खारेज गरेको हो ।

    सरकारले लाइसेन्स खारेजबारे सर्वोच्च अदालतलाई जानकारी दिएको हो ।


    रामदेव, पतञ्जलिका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी पनि दायर गरिएको छ । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि दृष्टि आई ड्रप पनि समावेश छन् ।

    उत्तराखण्ड सरकारले सर्वोच्च अदालतमा दिएको शपथ पत्रमा यस्तो जवाफ दिएको हो । सर्वोच्च अदालतमा रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक बालकृष्णविरुद्ध अदालतको आदेशको अवहेलना गरेको मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा राज्य सरकारले यो कारबाही गरेको हो । पतञ्जलिले हालै मात्र पत्रपत्रिकामा माफीनामा छापेको थियो । एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार