• सोमबार, १५ भदौ २०८३
  • images

    तीन वर्षमै दोब्बर बढे मानसिक रोगका बिरामी

    तीन वर्षमै दोब्बर बढे मानसिक रोगका बिरामी

    सोमबार, चैत २३ २०८२
    सोमबार, चैत २३ २०८२
    तीन वर्षमै दोब्बर बढे मानसिक रोगका बिरामी

    ओखलढुंगा, २३ चैत । ओखलढुंगा जिल्लामा मानसिक स्वास्थ्य समस्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको पाइएको छ। 

    स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक रोगीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो।
     
    कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या निरन्तर उकालो लागेको देखिन्छ।   

    आर्थिक वर्ष २०७९ ।  ०८० मा २७० जना रहेका मानसिक बिरामीको संख्या आर्थिक वर्ष ०८०। ०८१ मा बढेर ५२२ पुगेको थियो भने आर्थिक वर्ष ०८१। ०८२ मा यो संख्या झण्डै दोब्बर भई ९६३ पुगेको छ।

    स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाले मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँका अनुसार मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान, उचित उपचार र समुदायस्तरमा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ।

    मानसिक रोगको वृद्धि सँगसँगै जिल्लामा आत्महत्याका घटनामा पनि वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष ०८१। ०८२ मा २६ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्याका प्रमुख कारणमा मानसिक तनाव, आर्थिक समस्या, पारिवारिक असमझदारी, वैवाहिक विवाद तथा अवैध प्रेम सम्बन्ध रहेका छन्।

    प्रहरीले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई समयमै उपचार र परामर्श सेवा उपलब्ध गराउनुका साथै समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

    बाँनियाले स्वास्थ्य कार्यालयले मानसिक स्वास्थ्य सेवा विस्तार, परामर्श सेवाको सुदृढीकरण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो ।  
    स्वास्थ्य कार्यालयले सबै नागरिकलाई मानसिक समस्या देखिएमा लुकाएर नराखी खुला रूपमा उपचार तथा परामर्श लिन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार