• सोमबार, १५ भदौ २०८३
  • images

    सडक दुर्घटना ५.४ प्रतिशतले बढ्दै, नेपाललाई वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको क्षति

    सडक दुर्घटना ५.४ प्रतिशतले बढ्दै, नेपाललाई वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको क्षति

    बिहीबार , माघ ८ २०८२
    बिहीबार , माघ ८ २०८२
    सडक दुर्घटना ५.४ प्रतिशतले बढ्दै, नेपाललाई वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको क्षति

    काठमाडौँ, ८ माघ । नेपालमा वर्षेनी ५.४ प्रतिशतका दरले सडक दुर्घटना बढिरहेको पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्याले सडक सुरक्षा सम्बन्धी विज्ञहरू र सरोकारवालहरुसँग अन्तरक्रिया कार्यक्रम विज्ञहरुले ५.४ प्रतिशतका दरले दुर्घटना बढिरहेको बताइएको छ । 

    स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा  स्वास्थ्य मन्त्री डा. शुधा शर्मा गौतमले सडक दुर्घटना प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले  विशेष गरी सडक दुर्घटनाबाट जेन्जी युवा पुस्ता सवै भन्दा बढी प्रभावित रहेको बताउनुभयो । 

    मन्त्री शर्मालेदुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूको समन्वय र नागरिक सचेतना अनिवार्य रहेको बताउनुभयो । 

    उहाँले नेपालमा हुने सडक दुर्घटनाका मृत्युमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको छ। यस जोखिमलाई कम गर्न  ‘युनिभर्सल हेल्मेट ल’ (चालक र पछाडि बस्ने दुवैले अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम) तुरुन्तै लागू गर्नुपर्नेमा जोड दिनुभयो । 

    सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा सडक दुर्घटनाबाट वार्षिक आठ हजार जनाले ज्यान गुमाउँछन् जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो। दुर्घटनाले नेपाललाई वार्षिक ३ अर्ब अमेरिकी डलरको क्षति हुने गरेको छ । 

    जुन कुल गा्रहस्थ उत्पादनको ७ प्रीतशत आर्थिक क्षति हो । 
    हाल वार्षिक ५.४ प्रतिशतले दुर्घटना बढिरहेको सन्दर्भमा सन् २०३० सम्म मृत्युदर आधा घटाउने लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ।

    जिडिपीको ०.४ प्रतिशत मात्र सडक सुरक्षामा लगानी गरे वर्षमा तीन हजार मानिसको जीवन जोगाउन सकिने विज्ञहरूको निष्कर्ष रहेकोछ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार