काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का १६ जना चिकित्सकलाई सह प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ ।
त्यसरी बढुवा हुनेहरुमा सामुदायिक मेडिसिनबाट डा खेमबहादुर कार्की, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. अनिल भट्टराई सहित १६ जना हुनुहुन्छ ।
यस्तै अप्थाल्मोलोजीबाट डा ज्योतिबाबा श्रेष्ठ, अब्स एण्ड गाइनेबाट डा निभा वझा, आयुर्वेदबाट डा विनोदकुमार सिंह, इएनटीबाट डा रविन्द्रभक्त प्रधानांग, इन्टरनल मेडिसिन (ग्यास्ट्रोलोजी) बाट डा राहुल पाठक हुनुहुन्छ ।
यस्तै इन्टरनल मेडिसिन रेस्पीरेटरीबाट डा सन्तकुमार दास, एनेस्थेसियोलोजीबाट डा रेनु गुरुङ हुनुहून्छ ।
डा रञ्जन सापकोटा, कार्डियोलोजीबाट डा चन्द्रमणि पौडेल, क्लिनिकल फिजियोलोजीबाट डा नारायणबहादुर महोत्रा र जनरल प्राक्टिसबाट यज्ञलक्ष्मी शाक्य हुनुहुन्छ ।
यस्तै जनरल सर्जरी (युरोलोजी) बाट डा पवनराज चालिसे, डर्माटोलोजीबाट डा उपमा पौडेल र न्युरो सर्जरीका डा गोपाल सेडाईंपनि प्राध्यापक पदमा बढुवा हुनुभएको छ ।

