• सोमबार, १५ भदौ २०८३
  • images

    समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

    समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

    मंगलबार, मंसिर १६ २०८२
    मंगलबार, मंसिर १६ २०८२
    समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग

    कैलाली, १६ मंसिर ।  समान तह तथा श्रेणीका निजामती कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग गरिएको छ । 


    सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ र  प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षणपत्र बुझाएका छन् । 

    मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कर्मचारीहरुले गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन। नेपाल सरकारले २०७६ वैशाख १६ मा प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र संघीयताको विपरित रहेको उनीहरुको ठहर छ। संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारिताको भावनानुसार समान तह÷श्रेणीका कर्मचारीहरुको मर्यादाक्रम तीनवटै तहमा एउटै हुनु पर्ने उनीहरुको माग छ। 

    तीनै तहमा कार्यरत निजामती कर्मचारीबिच मर्यादाक्रमका कारण सिर्जित असमानता हटाइएमा संघीय प्रशासनिक संरचना थप प्रभावकारी, कार्यशील हुने उपसचिवहरुको ठहर छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार