काठमाडौैँ, ३० कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सम्मानित हुनुभएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोकथाम, जनचेतना फैलाउने र सहयोगका अभियानहरूमा पुर्याएको योगदानको कदर गर्दै डा.शाहीलाई सम्मान गरेको हो ।
गर्नुभयो ।
सम्मानपछि डा शाहीले आफूलाई थप उर्जा, हौसला, जिम्मेवारीपूर्वक र उत्साहका साथ अघि बढ्न प्रेरित गरेको बताउनुभयो ।
उहाँले आफूले पाएको सम्मान क्यान्सरविरुद्धको साझा यात्रामा सबैको प्रयास र योगदानको मान्यता जस्तै भएको बताउनुभयो ।
उहाँले भविष्यमा समाजमा क्यान्सर सम्बन्धी चेतना र रोकथामका कामहरू अझ प्रभावकारी रूपमा अगाडि बढाउन थप प्रेरणा दिएको बताउनुभयो।