• सोमबार, १५ भदौ २०८३
  • images

    डा. अरुण शाहीको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट घोषित 

    डा. अरुण शाहीको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट घोषित 

    प्राडा. इरिकबाट सर्वोत्कृष्ट अवार्ड प्रदान

    हेल्दीखबर
    शनिबार, मंसिर १७ २०७९
    हेल्दीखबर
    शनिबार, मंसिर १७ २०७९
    डा. अरुण शाहीको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट घोषित 


    काठमाडौ,१७ मंसिर । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले प्रस्तुत गर्नुभएको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट भएको छ । 


     सिंगापुरमा भएको विश्वभरका क्यान्सर रोग विशेषज्ञहरुको सम्मेलनमा विश्वभरीका क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरबारे आ–आफ्ना देशमा भएका उपलब्धीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 


     विश्वभरबाट तीनसय कार्यपत्रहरु प्रस्तुत भएकोमा डा. शाहीको कार्यपत्रलाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । 
    डा.शाहीलाई बेल्जियमका क्यान्सर रोग विशेषज्ञ प्राडा. इरिक भ्यान कटसेमले उक्त अवार्ड प्रदान गर्नुभएको थियो । 
     क्यान्सर रोग विशेषज्ञ डा. शाहीले ‘खानपिन र दैनिक जिवनशैलीले पेटको क्यान्सर हुने जोखिम’ कत्तिको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त खोजमुलक अनुसन्धान कार्यपत्र युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजिष्टको आयोजनामा भएको सम्मेलनमा  सिंगापुरमा प्रदान गरियो ।   


    क्यान्सर सम्बन्धि विश्वका चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वका कार्यपत्रबाट डा. शाहीको कार्यपत्र सर्वोत्कृष्ट कार्यपत्र छानिन गएको हो । 
     सिंगापुरको  सुनटेक कम्प्लेक्स हलमा भइरहेको सम्मेलनमा सिंगापुर, अमेरीका, ब्राजिल, बेलायत, भारत, चीन, वंगलादेश, श्रीलंका, जापान, मेक्सिको लगायतका विश्वका सबै देशका क्यान्सर विशेषज्ञहरुको सहभागित रहेको छ । 
      
     डा.शाहीले सम्मेलनमा क्यान्सर उपचारमा विश्वले गरेको प्रगति, विकशित देश र विकासोन्मुख मुलुकमा क्यान्सर उपचारको क्षेत्रमा भएका प्रविधिको विकास, क्यान्सरलाई घटाउन अपनाउनुपर्ने रणनीति, क्यान्सर उपचारमा भित्रिएको नयाँ प्रविधि लगायतका विषयमा सम्मेलनमा छलफल भएको जानकारी दिनुभयो । 
     उक्त सम्मेलनमा विश्वबाट तीनहजार क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको छ । 

    No description available.  No description available.  No description available.  No description available.  No description available.  No description available.  No description available.  No description available.   

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार