• सोमबार, १५ भदौ २०८३
  • images

    एपोनको आयोजनामा १०औं फर्मा एक्स्पो फागुनमा हुने

    एपोनको आयोजनामा १०औं फर्मा एक्स्पो फागुनमा हुने

    बुधबार, कात्तिक २६ २०८२
    बुधबार, कात्तिक २६ २०८२
    एपोनको आयोजनामा १०औं फर्मा एक्स्पो फागुनमा हुने

    काठमाडौँ, २६ कात्तिक । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा १० औं नेपाल फर्मा एक्स्पो २०२६ काठमाडौँमा हुने भएको छ । 

     संघका अध्यक्ष विप्लव अधिकारीले फर्मा एक्स्पो मार्च १२, १३ र १४ (फागुन २८, २९ र ३०) गते  भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने तय भएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार एक्स्पो (प्रदर्शनी)मा घरेलु तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई आफ्नो नयाँ उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । 

    कार्यक्रम संयोजक तथा एपोनका महासचिव सन्तोष बरालले फर्मा एक्स्पोले देशको औषधि उद्योगलाई नयाँ प्रविधि र अन्तर्राष्ट्रिय स्तरका साझेदारीसँग जोड्ने मञ्च प्रदान गर्ने जानकारी दिदै औषधि उद्योगको सुदृढिकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले सहभागिताका लागि बुकिङ प्रक्रिया तत्काल सुरु गर्ने जनाएको छ। सहभागीलगायतका लागि प्रदर्शनी स्थलको नक्सा, शुल्क दर र अन्य प्राविधिक विवरणहरू क्रमशः उपलब्ध गराइने बताइएको छ।

    प्रदर्शनी हरेक दुई वर्षमा आयोजना हुँदै आइरहेको छ । यसले औषधि उद्योगका उत्पादक, चिकित्सक, अनुसन्धानकर्ता र व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सहकार्य र नवप्रवर्तनका अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार