चितवन । औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारदेखी सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा एक्स्पो सुरु भएको हो ।
प्रदर्शनीको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताउनुभयो। उहाले धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने र अर्थतन्त्र संग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै रास्ट्रिय अर्थतन्त्रमै ठुलो सहयोग पुर्याउने विस्वास ब्यक्त गर्नुभयो । उहाले औषधि उधोगको क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रास्ट्रपतिले औषधिको आयातलाई रोकि अब निर्यात हुनुपर्नेमा जोड दिनु भएको छ । नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुने र एक सय भन्दा बढी औसधि उधोग हरु संचालित हुनुपर्ने बताउनुभयो । 
स्वागतका क्रममा उहाँले नेपाली औषधि उधोगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवस्यक पर्ने बताउनुभयो। उहाँले कुल क्षमतामा ५० प्रतिशत मात्रै औसधि उत्पादन भएको बताउनुभयो । एपोनका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको बताउनुभयो । ३६ सालमा औषधि बनाउन सुरु गरियो। ७२ उधोगले औषधि उत्पादन गर्छन् । बाकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा छन् । भारतले धेरै सस्तोमा औषधि बनाउछ। सरकारी स्तरमा औसधि अनुसन्धान गर्ने गरेका गर्छ ।भारतबाट २२ खरबको औसधी निर्यात हुने गर्दछ ।
औषधि उधोगमा सरकारले धेरै सहयोग गरेको छ। बाङ्गलादेशमा पनि औसधिको क्षेत्रमा ठुलो उपलब्धि गरेको छ। बाङ्गलादेशले १२० देशमा औषधि निर्यात गरिरहेको छ । औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन। नेपालमा प्रतिस्पर्धा धेरै रहेको छ। ८० प्रतिशत आत्मनिर्भर हुन सकिन्छ। भारतले ८ प्रतिशत उत्पादन बढायो भने नेपाललाई निशुल्क दिन सक्छ। यो हाम्रो लागि गम्भीर बिषय हो। अहिले नेपाली उधोगका सेनिटाइजर बिक्दैन,भारत बाट आएको मात्र बिक्रीवितरण भइरहेको छ। तीन वर्षमा औसधिमा आत्मनिर्भर हुन सक्छौ तर सरकारले सहुलियत दिनुपर्छ।
एपोनका निवर्तमान अध्यक्ष जिनारायण क्षेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले औषधि आत्मनिर्भरको लागि धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताउनुभयो । कोरोना कालमा भारतले औषधि निर्यातमा निशेध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताउनुभयो। नेपाली औषधि पनि अन्तरास्ट्रिय स्तरको रहेको बताउनुभयो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कार्कीले औषधि ब्यबस्थापन बिभागले औषधि क्षेत्रमा सहजताका लागी काम गर्नुपर्ने जानकारी दिनुभयो । 
नेपाल उधोग बाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उधोग ब्यबसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको बताउनुभयो। औसधि उधोगमा पनि प्रगति हुँदै गएको उहाँको भनाइ छ। औसधि ऐन २०३५ संसोधन गर्नुपर्ने उहाँको भनाइ छ। प्रदर्शनीलाई खरिद बिक्रीको लागि मात्र नभइ नीति निर्माणमा पनि फलदायी हुने बताउनुभयो। उहाँले उधोगमैत्री नितिनियम सरकारले बनाउनुपर्ने बताउनुभयो। सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिनुभयो ।
संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताउनुभयो ।
एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । उहाँले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताउनुभयो । बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताउनुभयो ।