• सोमबार, १५ भदौ २०८३
  • images

    आजबाट चितवनमा नेपाल फर्मा एक्स्पो सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    आजबाट चितवनमा नेपाल फर्मा एक्स्पो सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    हेल्दीखबर
    शुक्रबार, वैशाख ९ २०७९
    हेल्दीखबर
    शुक्रबार, वैशाख ९ २०७९
    आजबाट चितवनमा नेपाल फर्मा एक्स्पो सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

     काठमाडौँ । औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो  आजबाट सुरु हुँदैछ।
    औषधि उत्पादक संघ (एपोन)को आयोजनामा चितवनमा हुन लागेको एक्स्पोको उद्घाटन  राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ।एक्स्पोका मिडिया संयोजक  सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिनुभयो । एक्स्पोमा  जम्मा १६० वटा स्टल रहनेछन्।संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताउनुभयो ।
    एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । उहाँले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताउनुभयो ।एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको  बताउनुभयो ।  सन् २०२१ मा हुनुपर्ने नेपाल फर्मा एक्स्पो बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणको कारणले गर्दा रोकिएको बताए।
    एक्स्पो अवलोकनका लागि आउने व्यक्तिहरुलाई यातायातको समेत सुविधा रहेको र सटल बस, फुड कोर्ट, पार्किङ लगायतको व्यवस्था मिलाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार