• सोमबार, १५ भदौ २०८३
  • images

    देउवा दम्पतीको उपचार सिंगापुरमा 

    देउवा दम्पतीको उपचार सिंगापुरमा 

    मंगलबार, कात्तिक ११ २०८२
    मंगलबार, कात्तिक ११ २०८२
    देउवा दम्पतीको उपचार सिंगापुरमा 

    काठमाडौँ, ११ कात्तिक ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र देउवा पत्नी डा.आरजु राणा देउवाको थप उपचारका सिंगापुरमा हुने भएको छ । 

    उहाँहरु उपचारका लागि सिंगापुर प्रस्थान गरिसक्नुभएको छ । 

     जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सोमबार राति ११ः०५बजे सिंगापुर एयरलाइन्समार्फत प्रस्थान गर्नुभएको हो ।

    जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

    लामो समय नेपालमा उपचार भएपनि उहाँहरु थप उपचारका लागि सिंगापुर जानुभएको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार