• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्यमन्त्रीको निर्णयः शहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

    स्वास्थ्यमन्त्रीको निर्णयः शहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

    जेनजी आन्दोलनका घाइतेका लागि मनोपरामर्श केन्द्र स्थापना

    आइतबार, कात्तिक ९ २०८२
    आइतबार, कात्तिक ९ २०८२
    स्वास्थ्यमन्त्रीको निर्णयः शहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा 

    काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले जेनजी आन्दोलनबाट घाइतेभएका सबै संघीय अस्पताल, पदेश अस्पताल र स्वास्थ्य विज्ञान पतिष्ठानमा  मनोपरामर्श केन्द्र स्थापन गर्ने निर्णय गर्नुभएको छ ।  

    आज स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्ने क्रममा मन्त्री डा. शर्माले जेनजी युवाहरुको अगुवाईमा भएको आन्दोलनको दौरानमा हुन सक्ने मानसिक समस्यालाई मध्यनजर गरी  मृतकका परिवार,  घाइते र घाइतेका परिवार लगायत सवै नागरिकलाई सवै संघीय अस्पताल तथा  प्रतिष्ठानबाट निशुल्क मनोसामाजिक परामर्श  सेवा दिने निर्णय गर्नुभएको छ ।  


    उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको जानकारी दिदै  त्यो बाहेक सहिद परिवारलाई निःशुल्क बिमा गर्ने योजना बनाएको बताउनुभयो । उहा्ँले त्यसको लागि अर्थ मन्त्रालयसँग परामर्श गरेर काम अगाडि बढाउने बताउनुभयो।


    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

    वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहनुभएकी गौतम जनस्वास्थ्यविद् समेत हुनुहुन्छ । उहाँले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । 
    गौतम नेपालको स्वास्थ्य क्षेत्रमा तल्लो तहबाट २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गर्नु भएको थियो। उहाँ पूर्व सचिव हुनुहुन्छ । 

    राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व चलेपछि उहाँले सचिव पदबाट कार्यकाल पूरा नगरी राजीनामा दिनुभएको थियो । 

    उहाँ चिकित्सकहरूको साझा सङ्गठन नेपाल चिकित्सक सङ्घको अध्यक्ष हुने एक मात्रै महिला हुनुहुन्छ । उहाँ २०६२ । ६३ सालमा चिकित्सक संघको अध्यक्ष हुनुहुन्थ्यो । 

    उहाँले संयुक्त राष्ट्रसङ्घीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरिसक्नु भएको छ । उहाँले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हानुभएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार