• आइतबार, ८ कात्तिक २०८३
  • images

    नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

    नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

    बिहीबार , असोज ९ २०८२
    बिहीबार , असोज ९ २०८२
    नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

    काठमाडौँ, ९ असोज । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ ।

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्कअनुसार गत पुसयता ५ हजार २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

    images

    डेंगु सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार २ सय ९५ जनामा पुष्टि भएको छ ।

    त्यसैगरी, बागमतीमा १ हजार १ सय ३२, लुम्बिनीमा ८ सय ८१, कोशीमा ७ सय ३६ सुदूरपश्चिममा ५ सय ८२, कर्णालीमा २ सय ९५ र मधेशमा १ सय २ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।

    पछिल्लो चौबिस घण्टामा ४० जनामा डेंगु पुष्टि भएको छ भने एकसाताको अवधिमा २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म २ जना सङ्क्रमितको मृत्यु भएको छ ।

    डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा देखिएको  छ । डोल्पा र मनाङ २ जिल्लमा भने  संक्रमण पुष्टि नभएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार