• सोमबार, १५ भदौ २०८३
  • images

     बागलुङमा डेंगुको संक्रमण

     बागलुङमा डेंगुको संक्रमण

    हेल्दीखबर
    मंगलबार, असार २८ २०७९
    हेल्दीखबर
    मंगलबार, असार २८ २०७९
     बागलुङमा डेंगुको संक्रमण

    काठमाडौं ।  बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन् । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा देखिएको छ।

    धवलागिरि अस्पतालमा उपचार गर्न आएका एक महिला र पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

    उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए ।  ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

    उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।  ।

    वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुँनेगरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने तथा फोहोरजन्य ठाउँलाई सफा राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार