• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    डेंगु बाट २७ जनाको मृत्यु, २१ हजार ३५२ लाई संक्रमण  

    डेंगु बाट २७ जनाको मृत्यु, २१ हजार ३५२ लाई संक्रमण  

    हेल्दीखबर
    शुक्रबार, असोज ७ २०७९
    हेल्दीखबर
    शुक्रबार, असोज ७ २०७९
    डेंगु बाट २७ जनाको मृत्यु, २१ हजार ३५२ लाई संक्रमण  

    काठमाडौं । डेंगु संक्रमणबाट हालसम्म २७ जनाको मृत्यु भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट मृत्यु भएको हो। 

    मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २१ हजार ३५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १६ हजार २३६ जनामा डेंगु संक्रमण देखिएको छ।

    images

    यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४३, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३ सय ५, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार