• सोमबार, १५ भदौ २०८३
  • images

    तीन जनामा हैजा देखियो, एक जनाको अवस्था गम्भीर 

    तीन जनामा हैजा देखियो, एक जनाको अवस्था गम्भीर 

    शनिबार, भदौ ७ २०८२
    शनिबार, भदौ ७ २०८२
    तीन जनामा हैजा देखियो, एक जनाको अवस्था गम्भीर 

    वीरगञ्ज ७ भदौ । वीरगञ्जमा हैजाका बिरामी भेटिएका छन् ।

     वीरगञ्ज-१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका हुन् ।

    स्वास्थ्य कार्यालयका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए । 

    एकैपटक धेरैको संख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो ।

    नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको छ ।

     वीरगञ्ज महानगरको स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएको र तीमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

    सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् । 

    मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डुको टेकु प्रयोगशालामा पठाइएको छ ।

     महानगरका अनुसार हैजा थप फैलन नदिन टोलबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले १० वर्षपछि वीरगञ्जमा हैजा देखिएको बताउनुभयो ।

     नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार