काठमाडौँ, २६ साउन । ट्राफिक जरिवाना ५० हजारसम्म पु¥याउने तयारी भइरहेको छ ।
ट्राफिक नियम उल्लंघन न्यूनीकरण गर्न भन्दै जरिवानालाई ५० हजार पु¥याउन लागिएको हो ।
सरकारले ल्याउन लागेको नयाँ सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक जरिवाना ५० हजार पु¥याउने उल्लेख छ ।
‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मस्यौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको छ ।
चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था नयाँ ऐनमा रहेको छ ।
नयाँ ऐनमा ट्राफिक नियम उल्लंघनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ ।
त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पठाएको मस्यौदामा मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि संसदमा पेस हुनेछ ।
मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थका अनुसार ट्राफिक नियम उल्लंघन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको जानकारी दिदै सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यस्तो
कसैलाई किचेर, ठक्कर दिई सो व्यक्तिको मृत्यु भएको अवस्थामा ज्यान मार्ने मनसाय प्रमाणित भए सवारीसाधन चलाउने व्यक्तिलाई जन्मकैद व्यवस्था प्रस्ताव गरिएको छ । नयाँ ऐन लागु भइसकेपछि ट्राफिक नियम उल्लंघन गर्ने निरुत्साहित हुनुका साथै मुलुकको यातायात थप व्यवस्थित हुने अनुमान गरिएको छ ।
जरिबाना कम हुँदा ट्राफिक नियम उल्लघन बढेको भन्दै उलंघन हुनै नदिन र निरुत्साहित गर्न ऐनमार्फत जरिबाना बढाउन लागिएको हो ।
विधेयकमा निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपियाँ, लामो बाटोमा सञ्चालन हुने सवारीसाधनले प्रत्येक आठ घण्टामा चालक परिवर्तन नगरेमा पाँच हजार, सवारीसाधनबाट सडकमा फोहोर फालेमा एक हजार, सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुईपाङ्ग्रेको हकमा पाँच हजार, तीनपाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठुला सवारीका हकमा १५ हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको छ ।
यस्तै रातको समयमा बत्ती नबाली सवारीसाधन चलाएमा दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा तीन हजार, वन–वे सडकमा सवारी चलाए एक हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा तीन हजार, ट्राफिक प्रहरीले दिएको सङ्केत (इसारा) उल्लङ्घन गरेमा एकदेखि दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा दुई हजार रुपियाँ जरिबाना गरिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
त्यसैगरी ट्राफिक चिह्न र सङ्केत पालना नगरेमा एक हजार, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गतिमा सवारी चलाए पाँच हजार रुपियाँ, अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपियाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा दुई हजार, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ ।