• आइतबार, ८ कात्तिक २०८३
  • images

    ७४ जिल्लामा फैलियो डेंगु

    ७४ जिल्लामा फैलियो डेंगु

    दुई हजार चारसय बढी संक्रमित

    शुक्रबार, साउन १६ २०८२
    शुक्रबार, साउन १६ २०८२
    ७४ जिल्लामा फैलियो डेंगु

    काठमाडौँ, १६ साउन । पुस यता दुई  हजार चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

     

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई  हजार ४५१ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा ६९८ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ५२३, कोशीमा ४३६, लुम्बिनीमा ४०५, सुदूरपश्चिममा २९९, कर्णालीमा ५० र मधेशमा ४० जनामा डेंगु पुष्टि भएको डा।दाहालले जानकारी दिनुभयो ।   

     

    चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार