• मंगलबार, ३ कात्तिक २०८३
  • images
    लोक सेवा आयोग

     स्वास्थ्य सेवाको पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक (सूचना सहित)

     स्वास्थ्य सेवाको पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक (सूचना सहित)

    बुधबार, साउन ७ २०८२
    बुधबार, साउन ७ २०८२
     स्वास्थ्य सेवाको पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक  (सूचना सहित)

    काठमाडौँ, ७ साउन । लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा सहितका अन्य सेवामा पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

     आयोगले बुधबार आर्थिक वर्ष २०८२। ०८३ को स्वास्थ्य लगायतका अन्य सेवामा पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।  

    images

    आयोगले नेपाल स्वास्थ्य सेवा, संघीय निजामती सेवा, संघीयसंसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । 

    आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा  विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने आयोगले जनाएको छ । 

    अदालतको आदेश र फैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ ।  पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुने छ । 

    लोक सेवा अयोग  नियमावली, २०७९ (संशोधन सहित) नियम २३ क को उपनियम १० मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन  प्रकाशन गर्ने सङ्गठित संस्थाका लागि अप्राविधिकतर्फका सहायकस्तर द्वितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो । 

    तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । 

    सङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।

    हेरौँ लोकसेवा आयोगको विस्तृत सूचनाः 

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार