• बुधबार, ४ कात्तिक २०८३
  • images

    स्वास्थ्य सेवातर्फ लिखितमा नाम निकालेका १७ चिकित्सकको अन्तर्वार्ता रद्ध

    स्वास्थ्य सेवातर्फ लिखितमा नाम निकालेका १७ चिकित्सकको अन्तर्वार्ता रद्ध

    हेल्दीखबर
    सोमबार, मंसिर ६ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर ६ २०७८
    स्वास्थ्य सेवातर्फ लिखितमा नाम निकालेका १७ चिकित्सकको अन्तर्वार्ता रद्ध


    काठमाडौ ।  स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूलाई अन्तर्वार्ता सूचीबाट हटाइएको छ ।
    लोक सेवा आयोगले योग्यता नपुगेको भन्दै अन्र्तवार्ता सूचिबाट हटाउने निर्णय गरेको हो ।  

    आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो। त कार्तिक १२ गते प्रकाशित सूचना अनुसार लिखित परीक्षामा नाम निकाल्न सफल भएपनि उनीहरुको न्यूनतम योग्यता नपुगेपछि परीक्षा नै रद्द गरिएको लोक सेवा आयोगले जनाएको छ । 

    images

    आयोगले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५६ बमोजिमको न्यूनतम योग्यता नपुगेकाले यस्तो निर्णय लिएको आयोगको भनाइ छ । 
    परीक्षा रद्द हुनेहरुमा भौगोलिक क्षेत्रमा बसी गर्नुपर्ने सेवा अवधि पुरा नदेखिएको, शैक्षिक योग्यता हासिल नगरेकाहरु छन् ।

    lok1.jpglok2.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार