एक महिनाभित्र औषधिको हाहाकार हुने चेतावनी
काठमाडौं, २७ जेठ । नेपाल औषधि उत्पादक संघ (एपोन) लगायतका ९ वटा संघ संस्थाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित मूल्य नीति सुझाव समितिको प्रतिवेदन लागू भएमा एक महिनाभित्र औषधिको हाहाकार हुन सक्ने चेतावनी ऊनी हरुले दिएका छन् ।
आज उक्त समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाइएको थियो ।
एमंगबार एपोन लगायत ९ वटा संघ संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै प्रतिवेदन लागू भएमा एक महिना भित्र औषधि हाहाकार हुने चेतावनी दिएका हुन् ।
एपोनका अध्यक्ष महेश प्रसाद प्रधानले उक्त प्रतिवेदनले नेपाली औसधि उधोगलाई समस्या पार्ने बताउनुभयो । उहाँले प्रतिवेदन लागू भएमा स्वास्थ्यमा दुरगामी असर पर्ने दाबी गर्नुभयो।
नेपाल रसायन तथा केमिकल आपूर्ति संघ (केमसान)का अध्यक्ष भक्त हमालले सरकारले ८१ प्रतिशत राजस्व तिर्ने निजी क्षत्रलाइ बेवास्ता गर्न खोजेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल औषधि व्यवसायी संघका उपाध्यक्ष रामचन्द्र शर्माले औषधिको अभाब हुन सक्ने बताउनुभयो ।
आयातकर्ता संघका महासचिव पवन आचार्यले भारत अगायतका देशबाट आयात गरिएका ती देशमा भन्दा सस्तोमा औषधि दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाल चिकित्सक संघका महासचिव डा सन्जिव तिवारीले सरकारलाई बुझाएको प्रतिवेदन लागू भएमा जनाताले गुणस्तरहिन औषधि उपभोग गर्न बाध्य हुने बताउनुभयो ।
यसअघि प्रतिवेदनविरुद्ध औषधि व्यवसायीले भने औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। समितिको प्रतिवेदन व्यवसायीको विरुद्ध रहेको र मूल्य समायोजनबारे आपत्ति जनाउँदै व्यवसायीले विरोध गरेका हुन्।
पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल औषधि उत्पादक संघ , नेपाल मेडिकल एसोसिएसन ,नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ ,नेपाल चिकित्सक संघ , नेपाल औषधि व्यावसायिक संघ ,नेपाल औषधि आयातकर्ता संघ , नेपाल प्राइभेट हस्पिटल ईन्स्टिच्युटसन एसोसिएसन , नेपाल पशुपन्छी व्यावसायि संघ र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल लगायत ९ वटा संस्थाले आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
हेर्नुस् समितिको प्रेस विज्ञप्ति:
