काठमाडौँ, १५ बैशाख । एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउँदै छ ।
श्रोतका अनुसार मापदण्ड पुगेका मेडिकल कलेजलाई एमविविएस र विडिएसमा सिट संख्या बढाउने गरी प्रतिवेदन बुझाइँदैछ ।
चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले उक्त समिति गठन गरेको थियो ।
कार्यदलका संयोजक शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले नेतृत्वको टोलीले चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकका बेला प्रतिवेदन बुझाउँदैछ ।
यसअघि प्रतिवेदनलाई अन्तिम रुप दिन कार्यदलको तेस्रो तथा अन्तिम बैठक आईतबार विहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको थियो ।
निजी मेडिकल कलेजहरुले सिट संख्या बढ्ने र शुल्क समायोजन हुने भएमा निर्वाहभत्ता सरकारी सरह दिन राजी छन् ।
आन्दोलनरत चिकित्सकहरुले १६ औँ बैठकले निर्णय गरिसकेको निर्वाह भत्ताको रकम विना सर्त कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै आईरहेका छन् ।
कार्यदलले मापदण्ड पुगेका कलेजहरुमा एमबीबीएस र वीडीएसको सिट सख्या थप्न सकिने राय दिने प्रतिवेदन दिदै छ ।