काठमाडौँ, २३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालबाट चिकित्सकहरु विदेशिने क्रमलाई रोक्नुपर्ने बताउनुभएको छ ।
उहाँले स्वास्थ्यका जनशक्ति विदेशिनेक्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । राष्ट्रपति पौडेललेृ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २३ औं स्थापना दिवसको अवसरमा नेपालबाट चिकित्सक लगायतका स्वास्थ्य जनशक्ति विदेशिने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिदै राष्ट्रपति पौडेलले भन्नुभयो,“स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु ।”उहाँले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिनुभयो ।
ुहाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गरेको छ।संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ, उहाँले भन्नुभयो,“राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्म अनुसार हो।”
संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिले हेर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पछिल्लो २० वर्षमा चिकित्सकको संख्या तेब्बरले बढीरहेको भन्दै त्यो जनशक्ति विदेश पलायन भइरहेको बताउनुभयो । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सेवा नै राज्यको स्वास्थ्यको दर्पण भएको भन्दै उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धानमा यसले प्रगति गर्दै गएको बताउनुभयो । उहाँले यसै वर्षको कार्यक्रममा न्याम्सको दुवाकोट प्रजेक्टको डिपिआर पास हुने बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको विकासमा सदै योजना आयोग सकरात्क रहेको बताउनुभयो । उहाँले दुवाकोटको प्रोजेक्ट ठुलो भएकाले स्वदेशी तथा विदेशी विकास साझेदारहरु सहाकार्यको पहल भइरहेको जानकारी दिनुभयो । उहाँले चीन सरकार यसमा सकरात्मक भएको सुनाउनुभयो । उहाँले यसका लागि स्वास्थ्य मन्त्री तथा उपकुलपतिलाई लबिइङ गर्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले स्थापनाको २३ वर्षमा ३ हजार ६ सय ८० जना स्नाकोत्तर तहका जनशक्ति उत्पादन गरेको बताउदै अव उपचार, जनशक्ति उत्पादनसँगै अनुसन्धानमा जोड दिन योजना रहेको सुनाउनुभयो ।
त्यस्तै वीर अस्पतालका निर्देशका डा दिलिप शर्माले वीर अस्पतालबारे प्रस्तुतिकरण दिनुभएको थियो ।
रेक्टर डा लोचन कार्कीले अस्पताल न्याम्सको भावी योजनाबारे आफ्नो प्रस्तुती दिनुभएको थियो ।