काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई तत्काल सेवा बाट नहटाउन सम्पूर्ण अस्पताललाई निर्देशन दिएको छ। कोरोनाको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि वढिरहेको भन्दै स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल व्यवस्थापन गर्न र करार सेवामा भएकालाइ राख्नलाइ शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिएको हो।
स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाइ स्वास्थ्य आपत्कालिन कार्य सञ्चालन केन्द्र (एचइओसी)का प्रमुख डा.समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिना देखी बढीमा ३ महिना सम्म थप्न सकिने पनि जानकारी दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले आजको सचिवस्तरीय निर्णय अनुसार उक्त निर्देशन दिएको हो ।