• सोमबार, १५ भदौ २०८३
  • images

    प्रजातन्त्रबादी चिकित्सक संघको अध्यक्षमा डा.कार्की 

    प्रजातन्त्रबादी चिकित्सक संघको अध्यक्षमा डा.कार्की 

    हेल्दीखबर
    बिहीबार , मंसिर २३ २०७८
    हेल्दीखबर
    बिहीबार , मंसिर २३ २०७८
    प्रजातन्त्रबादी चिकित्सक संघको अध्यक्षमा डा.कार्की 


      काठमाडौ । प्रजातन्त्रबादी चिकित्सक संघ नेपालको तेश्रो केन्द्रीय महाधिबेशनले नया नेतृत्व चयन गरेको छ । 
    संघको केन्द्रीय अध्यक्षमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यरत डा. अनिलविक्रम कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । 
     यस्तै संघको तेस्रो महाधिवेशनले डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । 
     संघको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ । 

    Dr.Manor 1 A.jpg
     महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले बुधबार महाधिवेशनको उद्घाटन गर्दै  चिकित्सकहरुको अधिकारका लागि संघले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । 
    यस्तै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । 
     कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा प्रजातन्त्रवादी चिकित्सक संघका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा लक्ष्मीराज पाठक लगायतले चिकित्सकको हकहितको बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो । 
     निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफू लागि पर्ने बताउनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार