• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती

    डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती

    शुक्रबार, वैशाख १२ २०८२
    शुक्रबार, वैशाख १२ २०८२
    डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती

    काठमाडौं,१२ वैशाख । डाक्टरहरुले आन्दोलन गर्दा बिरामीहरु सास्तीमा परेका छन् । 
    आवासीय चिकित्सकलाई  निर्वाह भत्ताको विषय कार्यान्वयनको माग राखी भएको आन्दोलनमा बिरामीहरुले सास्ती व्यहोर्नुपरेको छ । 
    निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै  नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरिएको छ । 

    संघले सेवा बन्द गर्दा पर्ने गएको असुविधाप्रति भने क्षमा मागेको छ।

    वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा जाँदा ओपिडी सेवा सञ्चालन गर्न नसकिएको  बताउनुभयो । उहाँले अनलाइन टिकट काटेका केही बिरामीलाई ओपीडीमा  परीक्षण गरिएपनि  सबैलाई परीक्षण गर्न नसकिएको बताउनुभयो । डा शर्माले चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको जानकारी दिनुभयो । 
    डा. शर्माले आइतबार पनि आन्दोलन भए ओपिडी पूर्णरुपमा नै ठप्प हुने बताउनुभयो । वीर अस्पतालमा दैनिक २५ सय भन्दा बढी बिरामी ओपिडीमा परीक्षणका लागि आउने गर्छन्। 

    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ओपिडी सेवा ठप्प भएको जानकारी गराउनुभयो । उहाँले ओपिडी सेवा लिन आइसकेका बिरामीहरुलाई इमर्जेन्सीबाट नै सेवा दिइएको बताउनुभयो । उहाँले  ओपिडी सेवा लिनका लागि आइसकेका बिरामीलाई घर नफर्काउनका लागि इमर्जेन्सीबाटै सेवा दिएको बताउनुभयो ।  

    कान्तिबाल अस्पतालका निर्देशक डा पंकज रायले चिकित्सक आन्दोलनका कारण कान्ति बाल अस्पतालमा पनि ओपिडी सेवा बन्द गरिएको जानकारी गराउनुभयो । आवासीय चिकित्सकले सेवा बहिस्कार गरेपछि ओपिडी सेवा बन्द गरिएको उहाँको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार