• सोमबार, १५ भदौ २०८३
  • images

    आन्दोलनमा घाइते भएका व्यक्तिको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

    आन्दोलनमा घाइते भएका व्यक्तिको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

    शुक्रबार, चैत १५ २०८१
    शुक्रबार, चैत १५ २०८१
    आन्दोलनमा घाइते भएका व्यक्तिको काठमाडौँ मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

    काठमाडौं,१५ चेत । आन्दोलनरत व्यक्ति घाइते भएको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । 


     काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको  सिनामंगलस्थित केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने भएको हो ।

    अस्पतालको सूचना अनुसारउपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताइएको छ।

    सूचनामा भनिएको छ,“शुक्रबारको दिन काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ।” 

    प्रशासन प्रमुख नारायण प्रसाद दाहाल हस्ताक्षरित विज्ञप्तिमा उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामाग्री सम्बन्धित व्यक्ति स्वयंले प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ।

    हेरौँ सूचनाः 

    486637376_1723170635213012_933453864012065416_n-1743160168.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार