• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    इडिसिडीको निर्देशकमा डा चन्द्रभाल झा , डा. घिमिरेलाई हेटौंडा पठाइयो

    इडिसिडीको निर्देशकमा डा चन्द्रभाल झा , डा. घिमिरेलाई हेटौंडा पठाइयो

    सोमबार, फागुन २६ २०८१
    सोमबार, फागुन २६ २०८१
    इडिसिडीको निर्देशकमा डा चन्द्रभाल झा , डा. घिमिरेलाई हेटौंडा पठाइयो

    काठमाडाै, २५ फागुन ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकमा डा चन्द्रभाल झा लाई नियुक्त   हुनुभएको  छ । 
    डा झा कोशी अस्पतालका पुर्व निर्देशक समेत हुनुहुन्छ  ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मन्त्री स्तरीय निर्णय गर्दै झालाई  इडिसिडिको निर्देशकमा नियुक्त गरिएको हो ।
    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले २१ फागुनमा मन्त्री स्तरीय निर्णय गरी झालाई  इडिसिडिको निर्देशकमा नियुक्त गर्नुभएको हो । इडिसिडिका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुख वनाएर पठाइएको छ । त्यसैगरी गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख वाल रोवग विशेषज्ञ डा एन्जीला घिमिरेलाई परोपकार प्रसुती गृह थापाथली सरुवा गरीएको छ भने उहाँको ठाउंमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा किरण मणि पौडेललाई लगिएको छ ।  ११ औ तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ । पदस्थापन हुनेहरुमा प्रमुख बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला पोखरा पठाइएको छ । त्यसैगरी काडीयोलोजीष्ट डा मनोज कोइरालाको दरवन्दी कोशी अस्पतालमा राखी कामकाजको लागि पोखरा पठाइएको छ। मानसिक रोग विशेषज्ञ डा अजिता पौडेल कोशी, प्रमुख अस्पताल नर्सीङ्ग प्रशासक शकुन्तला प्रजापती नारायणी, प्याथालोजीष्ट निलम बैद्य भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पताल पदस्थापन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार