काठमाडौँ, १३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस गरिएको हो । स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव हुनुहुन्छ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।
सेवा प्रवेशको आधारमा हेर्दा तीन जनामध्ये सबैभन्दा अगाडि २०५३ सालमा डा विकास देवकोटा प्रवेश गर्नुभएको हो ।
त्यसपछि डा टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गर्नुभएको हो । डा. संगिता २०५७ सालमा सेवा प्रवेश गर्नुभएको हो । एक वर्ष काम गरेर जागिर छाड्नुभएको थियो । डा.संगिताले २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन स्वास्थ्य सेवामा काम सुरु गनुृभएको हो । त्यसयता मिश्राले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख तथा विभागको महानिर्देशक भएर काम गर्नुभएको छ ।
डा देवकोटाले लुम्बिनी प्रदेश सचिव भइसक्नुभएको छ । डा. देवकोटाले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी समालिरहनुभएको छ ।
डा टंक बाराकोटी पनि मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक हुनुभएको थियो । लामो समय मेची अस्पतालमा काम गरेका डा बराकोटी १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आउनुभएको हो ।