काठमाडौँ । वागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा बद्रि बहादुर खड्का नियुक्त हुनुभएको छ।
खड्कालाई मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको हो। स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी हुनुहुन्छ।
आफुले पत्र बुझेपछि आजै पदबहाली गर्ने कार्यक्रम रहेको छ।
यस अघि उहाँ काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा बागमती स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुनुहुन्थ्यो।