• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मीहरुको दबाबको उपलब्धीः बागमती प्रदेशको स्वास्थ्य सचिवमा स्वास्थ्य समूहबाट सचिव हुने निश्चित

    स्वास्थ्यकर्मीहरुको दबाबको उपलब्धीः बागमती प्रदेशको स्वास्थ्य सचिवमा स्वास्थ्य समूहबाट सचिव हुने निश्चित

    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    हेल्दीखबर
    सोमबार, भदौ २८ २०७८
    स्वास्थ्यकर्मीहरुको दबाबको उपलब्धीः बागमती प्रदेशको स्वास्थ्य सचिवमा स्वास्थ्य समूहबाट सचिव हुने निश्चित

     काठमाडौ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा  स्वास्थ्य समूहकै सचिव हुने पक्काभएको छ । स्वास्थ्य मन्त्रालयको संसोधित दरबन्दीमा स्वास्थ्य सचिवमा स्वास्थ्य समूहकै कर्मचारी सचिव गरी सच्याइएको छ । यसअघि बागमती प्रदेशको स्वास्थ्य सचिवमा प्रशासन समूहबाट सचिव हुने दरबन्दी कायम गरिएको थियो । त्यसको विरोधमा सम्र्पूण स्वास्थ्यकर्मीहरु लागेपछि स्वास्थ्य समूहबाट सचिव हुने गरी सच्याइएको हो । यसलाई स्वास्थ्यकर्मीहरुको दबाबको उपलब्धीको रुपमा लिइएको छ । नयाँ दरबन्दीमा उपसचिवमा भने ९ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने उल्लेख छ । गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा तथा लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त हुनुभएको थियो ।received_252360133533404.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार