• सोमबार, १५ भदौ २०८३
  • images

    डा. ओममूर्तिद्धारा स्थापित ‘ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झण्डै २५ लाख रुपैँया छात्रवृत्तिको घोषणा

    डा. ओममूर्तिद्धारा स्थापित ‘ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झण्डै २५ लाख रुपैँया छात्रवृत्तिको घोषणा

    कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले आवेदन दिन सक्ने

    बुधबार, माघ १६ २०८१
    बुधबार, माघ १६ २०८१
    डा. ओममूर्तिद्धारा स्थापित  ‘ओम फाउन्डेसनले   सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झण्डै २५ लाख रुपैँया छात्रवृत्तिको घोषणा

    काठमाडौँ, १६ माघ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सरकारी विद्यालयमा अध्ययनरत जेहन्दार तथा गरिब  विद्यार्थीहरुका लागि झण्डै २५ लाख रुपैँया  छात्रवृत्ति घोषणा गर्नुभएको छ । डा. अनिलद्धारा स्थापित ‘डा. ओम फाउन्डेसन’ले सरकारी विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गर्ने छात्रवृत्ति फागुनभित्रमा प्रदान गर्ने योजना रहेको छ ।  
    बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै फाउण्डेसनका अध्यक्ष डा. ओममूर्ति अनिलले देशभरीका विद्यार्थीका लागि उक्त छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो । 
    उहाँले ७७ जिल्लाबाट तीन\तीन जनाको दरले २३१ विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको जानकारी दिनुभयो । 
    ७७ जिल्लाबाट तीनजनालाई १० हजारको दरले छात्रवृत्ति प्रदान गर्न लागिएको बताउनुभयो । कम्त्तिमा यो वर्ष २३ लाख १० हजार रुपैँया छात्रवृत्तिका लागि वितरण गर्न लागेका छाँैँ, डा.अनिलले भन्नुभयो,“आवेदन माघ  १७ गतेदेखि फागुन ५ गतेसम्म मात्र हुनेछ । यो पटक कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीसँग देशैभरीबाट आवेदन माग गरिने उहाँले बताउनुभयो । 
    डा. अनिलका अनुसार छात्रवृत्तिमा सहभागी हुन फाउन्डेसनको वेबसाइड www.dromfoundation.com   मा रहेको छात्रवृत्ति फर्म भरेर आवेदन दिन सक्नेछन् । उहाँले प्राप्त आवेदनहरूबाट लाभग्राही विद्यार्थी छनोट गरिने बताउनुभयो । 
    उहाँले ’डा. ओम फाउन्डेसन’ले छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सक्ने भन्दै आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षाको ग्रेडसिट, चालू शैक्षिक सत्रका दुई वटा त्रैमासिकको ग्रेडसिट, परिचयपत्र, अन्य कुनै प्रकारको छात्रवृत्ति प्राप्त नगरेको तथा विद्यार्थीको शैक्षिकस्तर सम्बन्धी विद्यालयको सिफारिस समावेश गर्नुपर्ने बताउनुभयो ।
    उहाँले चिकित्सक तथा लेखक डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ’जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको बताउनुभयो । ‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ’डा. ओम फाउन्डेसन’ मार्फत् खर्च गर्ने डा. ओम मूर्ति अनिलले पूर्वघोषणा गर्नुभएको थियो । 
    स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित डा. ओम फाउन्डेसनले आफ्नो उद्देश्य अनुरुप विभिन्न कार्यक्रम गर्दै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार