• सोमबार, १५ भदौ २०८३
  • images

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल कसरी सफल भए विश्व रेकर्डमा नाम लेखाउन ?

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल कसरी सफल भए विश्व रेकर्डमा नाम लेखाउन ?

    मुटुरोग सचेतनाका लागि डा. अनिलद्वारा विश्व रेकर्ड कायम

    हेल्दीखबर
    शुक्रबार, कात्तिक २४ २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक २४ २०८०
    वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल कसरी सफल भए विश्व रेकर्डमा नाम लेखाउन ?

    काठमाडौँ, २४ कात्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले मुटुरोग रोकथाम तथा सचेतनामा विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।

    विश्व मुटु दिवसको अवसर पारेर डा. ओममूर्ति अनिलले गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

    फेसबुक लाइभमा ’कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम मूर्तिले गिनिज वल्र्ड रेकर्ड कायम गरेका हुन् । डा.ओममूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउनु नयाँ भएपनि आफूले निरन्तर रुपमा गरीरहेको कामको निरन्तता मात्र भएको बताए । 

    असोज १२ गते साँझ ७ \ १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए।

    डा. ओम मूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएको थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

    लाइभ प्रस्तुतिपछि ’गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा. ओम मूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

    डा. अनिलले विगत १४ वर्षदेखि सामाजिक सञ्जालमार्फत स्वास्थ्य तथा मुटुरोग सम्बन्धि जनचेतना जगाउँदै आएका छन् । उनले आजभन्दा १० वर्ष अगाडी र अहिले मानिसको स्वास्थ्यप्रतिको सचेतना धेरै बढेको बताए । डा. अनिलले अन्य विषयमा नेपाल पछाडी रहेपनि स्वास्थ्य सचेतनामा अगाडी बढीसकेको बताए । मैले कुनै नयाँ काम गरेको होइन,डा.अनिलले भने विगतदेखि गर्दै आइरहेको काममा एउटा रेकर्ड थपेको हुँ ।” 

    व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने डा. ओम मूर्तिको विश्वास छ।

    यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको डा. ओम मूर्तिले बताए। कार्यक्रममा डा ओम मूर्तिले यो रेकर्ड सन् २०११ देखि उपचारसँगै जनचेतनाका क्षेत्रमा निरन्तर गरेको कामको कदर स्वरुप पाएको सम्मान भएको बताए।

    मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको यसैबीच वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोश्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए।

    सन् २०१३\ १४ मा इमेज एफ. एम. १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर हृदय रोग रोगथाममा अतिथि वक्ताको रुपमा सबैभन्दा लामो रेडियो अन्तरवार्ता भन्ने शिर्षकमा विश्व रेकर्ड कायम गरेका थिए जसमा कार्यक्रमको प्रस्तोता वरिष्ठ संचारकर्मी शैलजा सिंहले गरेकी थिइन। यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो।

    डा. अनिल स्वास्थ्य सचेतनामा २ वटा विश्व रिकर्ड बनाउने संसारकै एक्लो चिकित्सक हुन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार