काठमाडौँ, ३ पुस । नेपाल हृदयरोग निवारण प्रतिष्ठानलले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई सम्मान गरेको छ ।
यो वर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान – २०७९’ बाट डा. अनिल सम्मानित हुनुभयो ।
नेपाल ह्दयरोग निवारण प्रतिष्ठानको ३१ औँ बार्षिक साधारणसभाको अवसर पारेर उहाँलाई सम्मान गरेको हो ।
बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा अनिललाई सम्मान गर्नुभएको थियो ।
डा.अनिललाई प्रतिष्ठानले मुटुरोग निवारणको क्षेत्रमा उपचारात्मक एवं प्रतिकारात्मक दुबै क्षेत्रमा विशिष्ट योगदान पुरयाउँदै जनसमुदायलाई मुटुरोगको पीडाबाट बचाउने कार्य एवं मुटुरोगसम्बन्धी अनुसन्धानात्मक कार्यमा क्रियाशिल रहेको भन्दै सम्मान गरेको जनाएको छ ।
सम्मान भएपछि डा अनिलले आफू निरन्तर मुटुरोग निवारणको क्षेत्रमा क्रियाशिल रहेको र त्यहि क्रियाशिलताको आधारमा सम्मान भएको बताउनुभयो ।
यसअघि डा अनिलले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
प्रतिष्ठानको साधारणसभामा ३० जिल्ला शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।