• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न विद्यावारिधि गरेको हुनुपर्ने सर्वोच्च अदालतको ठहर 

    काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न विद्यावारिधि गरेको हुनुपर्ने सर्वोच्च अदालतको ठहर 

    आइतबार, पुस २८ २०८१
    आइतबार, पुस २८ २०८१
    काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न विद्यावारिधि गरेको हुनुपर्ने सर्वोच्च अदालतको ठहर 

    काठमाडौँ, २८ पुस । सर्बोच्च अदालतले काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित समितिलाई पूर्व निर्धारित प्रक्रिया अनुसार नै काम अघि बढाउन बाटो खुला गरेको छ ।

    उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित समितिले बनाएको कार्यविधिमा आवेदकको न्युनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो ।


    यो प्रावधानले एमडीएमएस, एमडीएस गरेका चिकित्सकहरुलाई आवेदन दिन नपाउने यसले चिकित्सा क्षेत्रलाई प्रतिस्पर्धा गर्नबाट बन्चित गरेको भन्दै डाक्टरहरुको विभिन्न समूहले विरोध गर्दै सर्बोच्चमा रिट दायर गरेको थियो । रिटमा कार्यविधिको न्युनतम योग्यता खारेजीको माग गरिएको थियो ।


    तर, आइतबार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

    चिकित्सामा डीएम वा सो सरहकाले भने आवेदन दिन पाउनेछन्। उपकुलपतिका लागि आवेद दिने समय पनि आइतबार सकिएको छ ।

    माघ १८ गते १० दिनको म्याद दिएर आवेदन खुलाइएको थियो । उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल माघ ६ देखि सकिँदैछ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार