• सोमबार, १५ भदौ २०८३
  • images

    कर्णाली प्रतिष्ठानका उपकुलपति डा.रावल र र रजिष्ट्रार महतलाई दैनिक कामकाज गर्न रोक

    कर्णाली प्रतिष्ठानका उपकुलपति डा.रावल र र रजिष्ट्रार महतलाई दैनिक कामकाज गर्न रोक

    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक २३ २०७८
    कर्णाली प्रतिष्ठानका उपकुलपति डा.रावल र र रजिष्ट्रार महतलाई दैनिक कामकाज गर्न रोक

     

    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न समेत रोक लगाएको छ ।  

    स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै उपकुलपति डा. रावल र रजिष्ट्रार महतलाई काम गर्न रोक लगाइएको हो ।

    स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महत विवादमा आएपछि तत्काललाई काम गर्न रोक लगाएको जानकारी दिनुभएको छ ।

    रजिष्ट्रार र उपकुलपतिको नियुक्ति प्रक्रियामै त्रुटि भएकोले कामकाजमा रोक लगाएको मन्त्री खतिवडाको भनाई छ ।

    रावललाई तत्कालीन स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले २०७७ चैत २२ गते प्रतिष्ठानको उपकूलपतिमा नियुक्त गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार