काठमाडौँ, २२ पुस । परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालले स्टाफ नर्स तथा ल्याब असिष्टेन्ट पाँचौँ तहको लिखितको परीक्षाफल सार्वजनिक गरेको छ ।
अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार स्टाफ नर्सतर्फ उषाकुमारी मण्डल, तुलसा मैनाली र पुष्पा गुरुङले नाम निकाल्न सफल भएका छन् ।
यस्तै ल्याब असिष्टेन्टतर्फ सुजना पोखरेल, मिरा अर्याल, पदम कटुवाल, तेज बोहोरा र हर्कबहादुर बोहराको नाम निस्किएको छ । उनीहरुको अन्र्तवार्ता २३ गते मंगलबार ११ बजे बिहान हुने छ ।
हेरौँ सूचनाः
