• सोमबार, १५ भदौ २०८३
  • images

    कुखुराको मासु खाँदा १५ वर्षीय किशोरको मृत्यु, तीन जना गम्भीर बिरामी 

    कुखुराको मासु खाँदा १५ वर्षीय किशोरको मृत्यु, तीन जना गम्भीर बिरामी 

    आइतबार, पुस १४ २०८१
    आइतबार, पुस १४ २०८१
    कुखुराको मासु खाँदा १५ वर्षीय किशोरको मृत्यु, तीन जना गम्भीर बिरामी 

    अछाम, १४ पुस । बोयलर कुखुराको मासु खाँदा अछाममा १५ वर्षीय  किशोरको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा  कमलबजार नगरपालिका –३ बयलाका निवासी कमल विक रहेका छन् ।   एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् । 

     मृतकका बज्यै ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीया सीता विक र नौ वर्षीय विकास विक बिरामी परेका छन् ।
      अछाम प्रहरीका अनुसार बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । 

    गाउँनजिक रहेको बेलखेत बजारबाट मरेको बोइलर कुखुरा कमलले ल्याएर शुक्रबार बेलुकी खाएपछि बिरामी भएर कमलको मृत्यु भएको हो ।
    अन्य तीन जना गम्भीर बिरामी परेका छन् । 
     वडा अध्यक्ष नन्दसिंह कुँवरले शुक्रबार मरेको बोयलर कुखुरा ल्याएर खाएको जानकारी दिए ।

    मृतकका बुवा आमा र जेठो भाइ रोजगारीका क्रममा भारतमा रहेका छन् । 
    अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मंगलसेन ल्याइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार