• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य शिविर सम्पन्न, १४६ जनाको मधुमेह परीक्षण

    स्वास्थ्य शिविर सम्पन्न, १४६ जनाको मधुमेह परीक्षण

    शनिबार, मंसिर २२ २०८१
    शनिबार, मंसिर २२ २०८१
    स्वास्थ्य शिविर सम्पन्न, १४६ जनाको मधुमेह परीक्षण

    काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका ७ वडामा भएको स्वास्थ्य शिविरमा १४६ जनाको मधुमेह परीक्षण गरिएको छ । 
    उक्त कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष विमलकुमार होडाले वडाबासीहरूलाई स्वास्थ्यप्रति विशेष सजक र सचेत हुन आग्रह गरे । शनिवार काठमाडौँ महानगरपालिका वडा नं. ७ शहरी स्वाथ्य प्रबद्र्धन केन्द्र शहीदस्मृति सामुदायिक भवनमा आयोजित मधुमेह उच्च रक्तचापसम्बन्धी सचेतना कार्यक्रमका अवसरमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
    कामपा वडा नं ७ शहरी स्वास्थ्य  प्रबद्र्धन केन्द्र र सामुदायिक सेवा समाजको संयुक्त आयोजना तथा लाइन्स क्लब अफ इन्टरनेशन, लियो क्लब अफ काठमाडौँ कोहिनुरुको सहकार्यमा आयोजना गरिएको थियो । साथै, उक्त कार्यक्रममा याकोन नेपाल, अर्थिअर र मिताहारा संस्थाले सहयोग गरेका थिए ।

    त्यस्तै, कामपा वडा न ७ शहरी स्वास्थ्य  प्रबद्र्धन केन्द्रकी प्रमुख सुभाषिनी कर्माचार्य, मेडिकल अधिकृत डा. अरमेन्द्र गुप्ता, अनमी प्रमिला पौडेल, अहेव पाण्डव बस्नेत, ल्याब टेक्निसियन सध्या कार्की, स्टाफ नर्स रानु निरौला, महिला स्वयंसेविकाहरू अनिता भट्टराई र विमला खनालललगायतले स्वास्थ्य सचेतना कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।
    डाइटिसियन डा आस्था कार्कीले उमेर ढल्कदै गरेका मानिसहरूले आफ्नो खानपान र आहार व्यवहार सुधारका गर्नुपर्ने भन्दै श्रव्यदृश्यमार्फत सचेतनामूलक परामर्श दिनुभयो । साथै सो अवसरमा  सुगर परीक्षण, चिकित्सा परामर्श, आहारविहार, आचरणसम्बन्धी परामर्श दिनका साथै रोमाञ्चक खेलहरूसहितको गतिविधि समावेश गरिएको थियो । 
    कार्यक्रम सम्पन्न गर्नका सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, त्यस्तै, सामुदायिक सेवा समाजका वरिष्ठ उपाध्यक्ष विनु क्षेत्री, उपाध्यक्ष डम्बरुबल्लभ घिमिरे, स्थानीय वडा नं ७ विपत् व्यवस्थापन समितिका संयोजक मोतिलाल उदास, मैजुबहाल कल्याणकारी गुठी तथा कुमारी मन्दिर संरक्षण समितिका संयोजक हरिभक्त महर्जन, लाइफलाइन हेल्थ होम केयर, पुल्चोकका निर्देशक समिर जोशी, समाजसेवी अरुणसिंह बस्नेत, समाजसेवी अर्चना कार्की रायमाझी समाजसेवी, समाजसेवी गीता मानन्धर, समाजसेवी सुभम् महर्जन विशेष भूमिका रहेको थियो ।

    उक्त कार्यक्रमको व्यवस्थापकीय भूमिका लियो क्लब अफ काठमाडौँ कोहिनुरुका अध्यक्ष अरमा श्रेष्ठ, उपाध्यक्ष प्राप्ती श्रेष्ठ, सचिव अनमोल पन्त, कोषाध्यक्ष ऋषिता श्रेष्ठलगायत १३ जनाको सहभागिता रहेको थियो । साथै कार्यक्रमको व्यवस्थापन लियो नष्मिता रायमाझीले गर्नुभएको थियो । 

    शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा दैनिक रुपमा निशुल्क रूपमा स्वास्थ्य परीक्षण, ल्यावटेष्ट, औषधी वितरण, परिवार नियोजनसम्बन्धी निशुल्क सेवा, खोप तथा पोषण सम्बन्धी निशुल्क सेवाका साथै फिजियोथेरापी सेवा समेत प्रदान गरिँदै आएको कामनपा वडा नं ७ शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रकी प्रमुख सुभाषिनी कर्माचार्य बताइन् । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार