• सोमबार, १५ भदौ २०८३
  • images

    मनाङमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्वास्थ्य शिविर, सातसय मनाङबासी लाभान्वित  

    मनाङमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्वास्थ्य शिविर, सातसय मनाङबासी लाभान्वित  

    हेल्दीखबर
    मंगलबार, जेठ १७ २०७९
    हेल्दीखबर
    मंगलबार, जेठ १७ २०७९
    मनाङमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्वास्थ्य शिविर, सातसय मनाङबासी लाभान्वित  

    मनाङ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनाङमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।   जिल्ला अस्पताल मनाङ चामे, हुण्डी स्वास्थ्य चौकी र ठोचे हेल्थपोष्टमामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।  केन्द्रले स्थानीय ३ पालिकाको सहकार्यमा यही जेष्ठ १४ र १५ गते निःशुल्क मिर्गौला, मुत्र रोग, मुटु, कलेजो, र दन्त सेवा स्वास्थ्य शिविर आयोजना गरेको थियो। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उक्त शिविरबाट मनाङ जिल्लाका अति दुर्गम भेगका  ७०० जना  लाभान्वित भएको बताउनुभयो। उक्त शिविरमा इको, इसिजी, अल्ट्रासाउण्ड तथा पिसाबको परिक्षण  लगायतको सुविधा उपलब्ध गराइएको थियो।  स्वास्थ्य शिविरमा विषेशज्ञ चिकित्सक तथा अन्य प्राविधिकहरुले समेत सेवा प्रदान गरेका थिए ।
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेतृत्व गर्नुभएको स्वास्थ्य शिविरमा डा. लुसन सिंह, डा प्रवेश न्यौपाने, डा जुजु श्रेष्ठ, डा कर्ण राजवंशी, डा सुधिर जोशी, डा समीर दवाडी, डा गोपाल सुवाल डा हरि बराल, डा उत्सव भट्टराई र डा निरु शर्मा तथा क्याम्प कोडिनेटर डा गौरव पन्थ लगायतको सहभागिता रहेको थियो। यस्तै नर्सिङ्ग अधिकृत पुजा कोइराला, ट्रान्सप्लान्ट कोर्डिनेटर तारा साँध तथा ल्याब टेक्निसियन साइ राम बस्नेत लगायतको टाेलि मनाङ पुगेर स्वास्थ्य शिविर सप्पन्न गरेको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार