• सोमबार, १५ भदौ २०८३
  • images

    पिजीको प्रवेश परीक्षा माघमा हुने,  मंसिर १७ गतेबाट आवेदन दिन सकिने

    पिजीको प्रवेश परीक्षा माघमा हुने,  मंसिर १७ गतेबाट आवेदन दिन सकिने

    बिहीबार , मंसिर १३ २०८१
    बिहीबार , मंसिर १३ २०८१
    पिजीको प्रवेश परीक्षा माघमा हुने,  मंसिर १७ गतेबाट आवेदन दिन सकिने

    काठमाडौं, १३ मंसिर । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पिजीका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन १७ गतेबाट भर्न सुचना निकालेको छ।


    आयोगले आज एक सुचना जारी गर्दै यही मंसिर १७ गतेबाट परीक्षाका लागि आवेदन दिन सकिने जनाएको हो।

    सूचना अनुसार शैक्षिक सत्र ०८१/८२ मा चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले मंसिर १७ गते बिहान १०:०० बजेदेखि २०८१ पुस ७ गते अपरान्ह ४:०० बजेसम्म नियमित दस्तुर बुझाई र पुस ७ गते अपरान्ह ४:०० बजेपछि पुस १४ गते अपरान्ह ४:०० बजेसम्म दोब्बर दस्तुर बुझाई अनलाइन आवेदन दिन सकिने छ।

    आयोगले विषयगत आधारमा माघको २६, २७ र २८ गते परीक्षा लिने भएको छ।
     हेरौं सूचना: 

    pg exam.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार