सरोज ढुङ्गेल
काठमाडौँ, कात्तिक १३ गते । नेपालमा चिकित्सकको सल्लाहविना हर्मोनको प्रयोग हुने गरेको पाइन्छ ।
विशेषत लिंग परिवर्तका लागि हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको छ । तर चिकित्सकको सल्लाहविना प्रयोग भएको हर्मोन घातक हुनसक्छ ।
धेरैजसो यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरुले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायका मानिसले लिङ्ग परिवर्तनको लािग जथाभावी हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो । यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आउनुभएकी एन्जल लामाले यौनिक तथा अल्पसंख्याक व्यक्तिहरुले लिङ्ग परिवर्तनका लागि जथाभावी औषधीहरु सेवन गर्ने गरेको बताउनुभयो । लिङ्ग परिवर्तन गर्न नेपालमा सम्भव छैन, सक्नेहरु भारत, थाइल्याण्ड लगायतका म्ुलुकमा गएर पनि लिङग परिवर्तन गराइरहेका हुन्छन्, लामाले भन्नुभयो,शल्यक्रिया गर्न नसक्नेहरुले नेपालमा जथाभावी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेका हुन्छन् ।”
मकवानपुरका सन्जिव शर्मा (नाम परिवर्तन) पहिले महिला (केटी) भएर जन्मनुभएको थियो । विद्यालय अध्ययन गर्दै जाँदा उहाँलाई आफू पुरुष भएको महसुस हुन थाल्यो । यो कुरा कसरी समाजमा ल्याउने भन्ने चिन्ताले पिरोलिनुहुन्थ्यो । विस्तारै आफू पुरुष महसुस भएको साथीभाइ र परिवारलाई भन्नुभयो । तर उहाँको कुरा परिवारले सहजै स्वीकार गरेन । त्यहि कारण उहाँले विस सेवन गर्नुभएको थियो । भरतपुर अस्पतालमा ल्याएर दुई हप्ता उपचार गराएपछि उहाँलाई ठिक भयो । उहाँ हाल यौनिक तथा लैगिक अल्पसंख्यकहरुको संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफू अहिले पुरुष जस्तो देखिएपनि आवस्यक पर्दा गर्भवती हुनसक्ने बताउनुभयो ।
मैले अहिले पनि लिंग परिवर्तनको लागि हर्मोनको औषधी प्रयोग गरिरहेको छु, शर्माले भन्नुभयो,“नियमित औषधी सेवन नगरेको अवस्थामा असहज हुने गर्दछ ।” नेपालमा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु लिंग परिवर्तन गर्नका लागि महिलाबाट पुरुष बन्न टेस्टोस्ट्रोन र पुरुषबाट महिला बन्न प्रोजेस्ट्रोन हार्मोन अत्यधिक रुपमा प्रयोग गर्ने गरेका छन् । हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराइले नेपालमा हार्मोनको जथाभावी सेवन बढेको बताउनुभयो । उहाँले चिकित्कसको सल्लाहविना हार्मोनको सेवन गर्दा मृत्यु सम्मे हुने जानकारी दिनुभयो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा हार्मोन सेवन गर्ने क्रम बढीरहेको भन्दै उहाँले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
लैगिक तथा अल्पसंख्यक समुदायमा कार्यरत पिटरले हार्मोन सेवनले हुने क्षतीबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले हार्मोन सेवन गरेर लिंग परिवर्तन गर्दा त्यसबाट हुने प्रभावबारे जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ ।
हर्मोन रोग विशेषज्ञ डा. विनय भट्टराइले चिकित्सकको परामर्श विना हर्मोनको सेवन गर्नाले जटिल स्वास्थ्य समस्याहरु देखा पर्ने बताउनुभयो । उहाँले चिकित्सा विज्ञानमा पुरुष शरीरलाई महिला बनाउन ‘एस्ट्रोजेन’ तथा ‘प्रोजेस्टेरोन’ र महिला शरीरलाई पुरुष बनाउन ‘टेस्टोस्टेरोन’ हर्मोन प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले लिंग परिवर्तका कारण हार्मोनको प्रयोग गर्नु उपयुक्त नुहने बताउनुभयो । नेपालमा एस्ट्रोजेन चक्की र जेलमा, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन सुईका रूपमा र ‘ब्लकर’ चक्की पाइन्छ ।
डा.भट्टराइले नेपालमा साथीहरुको लहैलहैमा, ईन्टरनेटमा हेरेको भरमा परिक्षणविना हर्मोन सम्बन्धि औषधी खाने गरेको बताउनुभयो । नेपालमा हर्मोन प्रयोगका लागि कुनैपनि निती नियमहरु हालसम्म बनेको छैन । डा. भट्टराइले भन्नुभयो,“नेपालमा हर्मोन प्रयोगको कुनैपनि निश्चित नियम नभएका कारण पनि यसको प्रयोग व्यवस्थित हुन नसकेको हो ।” उहाँले हर्मोनको प्रयोग गर्नु आफैमा नराम्रो नभई चिकित्सकको परामर्श र सल्लाह अनिवार्य रहेको बताउनुभयो । विशेषगरी लैगिक अल्पसंख्यक पारलैङ्गिक व्यक्तिहरु संकुचित समाज, अस्पतालहरुमा हुन सक्ने दुव्र्यवहार र चेतनाको कमीका कारण खुलेर परामर्श लिन जाँदैनन् ।