• सोमबार, १५ भदौ २०८३
  • images
    नेपाल अर्बुदरोग निवारण संस्था ४२ वर्षमा प्रवेश 

    क्यान्सर उपचारलाई नागरिकको पहुँचमा पु¥याउनुपर्ने 

    क्यान्सर उपचारलाई नागरिकको पहुँचमा पु¥याउनुपर्ने 

    क्यान्सरबारे जनचेतना बढाउन जोड 

    सोमबार, भदौ ३१ २०८१
    सोमबार, भदौ ३१ २०८१
    क्यान्सर उपचारलाई नागरिकको पहुँचमा पु¥याउनुपर्ने 

    काठमाडौँ, ३१ भदौ । क्यान्सर रोगविरुद्धको अभियानमा सक्रिया  नेपाल अर्वुद रोग निवारण संस्थाले ४२ वार्षिकोत्सव मनाएको छ । 
    सोमबार संस्थाले ४२ औँ बार्षिकोत्सव मनाएको हो । 
    उक्त कार्यक्रममा उर्जा जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्काले अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोग सम्बन्धि जनचेतना फैलाउने काम गरेको बताए । उनले देशभरका क्यान्सर रोगीका लागि उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन यस संस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गरे । उनले पछिल्लो समय क्यान्सर रोग बढ्दै गएको भन्दै नागरिकलाई क्यान्सर रोगको उपचारमा सहज बनाउनुपर्नेमा जोड दिए । 

    cancer program.jpg


    कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले सरकारले क्यान्सर रोगको उपचार सर्वसुलभ बनाउनुपर्ने बताए । उनले अर्बुद रोग निवारण संस्थाले क्यान्सर रोग बिरुद्ध सचेतना तथा उपचार सेवामा चार दशक अघि देखि निरन्तर लागेको भन्दै स्तरीय सेवाका लागि भने अझै धेरै गर्न बाँकी रहेको बताए । 

    May be an image of 6 people, suit and wingtip shoes
    उनले नसर्ने रोगविरुद्धको अभियानमा सरकारले उपचारसंगै जनचेतनामुलक कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिए । 
    संस्थाका महासचिव दीपेन्द्र बान्तवाले देशका ४८ जिल्लामा शाखा विस्तार भइसकेको बताए । उनले १५ हजार भन्दा बढी स्वयंसेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको जानकारी गराए । 
    नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरको क्षेत्रमा संस्थाले गरेको योगदानको प्रसंसा गरे । उनले  आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए । 

    May be an image of 7 people, dais and text
    कार्यक्रममा विभिन्न संस्था तथा क्यान्सर रोग विशेषज्ञलाई सम्मान गरिएको थियो । 

    अर्वुद रोग निवारण संस्था नेपालमा क्यान्सरको फैलावट विरुद्ध लड्ने उद्देश्यले सन् १९८२ मा स्वर्गीय राजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहले स्थापना गरेको गैर नाफामुलक संस्था हो ।

    May be an image of 6 people, temple, dais and textउक्त संस्था हाल  नेपालका ४२ जिल्लामा शाखा स्थापना गरी सकेको छ । यस्तै  देशभर १० हजार स्वयंसेवक परिचालन गर्दै आएको छ । संस्थाले नेपालमा सुर्ती नियन्त्रणको लागि अग्रगामी का मगर्दै आएको छ । 
    संस्थाले क्यान्सर रोकथाम र यसको उपचार दुवैमा काम गर्ने गर्दछ । 

    May be an image of 4 people, temple and text

     

    May be an image of 6 people, suit and wingtip shoes

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार