११ हजार नगद सहित सम्मान
महोत्तरी। शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर राेगसँग लडिरहेका तोया घिमिरेलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र सहित सम्मान गरेको छ। शनिबार एक कार्यक्रमबीच घिमिरे उपचारका लागि आर्थिक सहयोगका साथै सम्मान गरेको हो ।
घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित हुनुहुन्छ ।
क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ । यसैबीच उहाँलाई क्यान्सर उपचारका लागि मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।