• सोमबार, १५ भदौ २०८३
  • images

    क्यान्सर अस्पतालमा हामफालेर उपचार गराइरहेकी महिलाको मृत्यु

    क्यान्सर अस्पतालमा हामफालेर उपचार गराइरहेकी महिलाको मृत्यु

    आइतबार, भदौ १६ २०८१
    आइतबार, भदौ १६ २०८१
    क्यान्सर अस्पतालमा हामफालेर उपचार गराइरहेकी महिलाको मृत्यु

    ललितपुर, १६ भदौ । ललितपुरस्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर पुनमाया तामाङको मृत्यु भएको छ। अस्पतालको तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया  तामाङको मृत्यु भएको हो। तामाङ काठमाडौँ महानगरपालिका–८ की स्थानिय बासिन्दा हुन्।

    तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट हाम फाल्दा गम्भीर घाइते भएकी थिइन्। अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार