• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण होईन, प्रतिवन्ध गरौ

    नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण होईन, प्रतिवन्ध गरौ

    डा.किशोर कमार प्रधानाङ्ग  

    सोमबार, मंसिर १७ २०८१
    सोमबार, मंसिर १७ २०८१
    नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण होईन,   प्रतिवन्ध गरौ


    किशोर कमार प्रधानाङ्ग  

         
     चुरोट, बि“डी, कक्कड, तम्बाख¬, सिगार आदि सल्काई मुखले तानेर नाक मुखबाट धुवा“पान गरिने प्रकृयालाई धुमपान भनिन्छ । खैनी, पान, सुर्ती वा अन्य कुनैपनि रूपमा सुर्तीजन्य पदार्थको रस, चोक्टा वा दुवै चुस्ने÷निल्ने क्रियाकलाप लाई सुर्तीजन्य पदार्थको सेवन भनिन्छ । विश्वमा यसको नियन्त्रणका लागि विश्वभरि विभिन्न देशहरुमा लाखौ डलर खर्च गरेता पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या दिनह¬ बढि रहेको छ । यसको नियन्त्रणका लागि तत्कालनै केहि ठोस कदम नचालेमा यसको सेवन वाट विभिन्न रोगहरु लागि मृत्य हनेहरुको संख्या भयावह ह¬नेछ । त्यसैले विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणका लागि विश्वभरिनै विभिन्न देशहरुमा ३१ मे का दिन विभिन्न नाराका साथ विश्व धम्रपान रहित दिवस मनाउने गरेका छन । यस वर्षको नारा “हामिलाई आवश्यक खाना हो सुर्तीजन्य पदार्थ होईन” भनि विभिन्न नियन्त्रणका कार्यक्रमहरु राखि मनाउन आव्हान गरेको छ ।   

        

     विश्वमा सुर्तीजन्य पदार्थ वा धुम्रपानको समस्या ः

        हाल यसको प्रयोग गर्नेहरुको संख्या अत्यधिक बढेर  विश्वव्यापी समस्याको रुपमा देखा परेको छ । यसले गर्दा विश्वमा यसको असर बाट देखिएको नसर्ने रोगहरू मध्ये क्यान्सर,मुटुको रोग, मघुमेह र फोक्सो सम्बन्धि रोगहरु बाट मर्नेहरुको संख्या दिनह“¬ बढिरहेको  छ । विश्व स्वास्थ्य सँगठनका अनुसार विश्वमा हाल धुम्रपानको सेवन गर्नेहरुको संख्या करिव १ अरव ३० करोड भन्दा बढि छ । यसमध्ये वर्षेनी क्यान्सर बाट ९६ लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।  यसको असरले बर्षेनी ६ लाख मानिसहरुको मृत्युहुने  गरेको छ । सुर्तीजन्य पदार्थको असरले हरेक १० जनामा १ जनाको र प्रत्येक ६ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको छ । यो संख्या एड्स, क्षयरोग र मलेरिया आदि रोगहरू बाट मर्ने संख्या भन्दा निकै बढि छ । यिनिहरु मध्ये पनि करिव ८० प्रतिशतको मृत्यु त हाम्रो जस्तो विकाशसिल देशहरुमा हुने गरेको छ ।  सुर्तीजन्य पदार्थको प्रयोग र यसबाट हुने समस्या हाम्रो जस्तो विकासोन्मुख देशमा अझ धेरै रहेको छ । विश्वमा वर्षेनी सुर्तीजन्य पदार्थबाट २०० अर्व डलर भन्दा बढि राजस्व संकलन गर्ने गरेको छ । तर यसको नियन्त्रणका लागि १ प्रतिशत पनि खर्च गरेको पाईन्दैन । विश्वका कुनै पनि मुलुकमा  यसका नियन्त्रण र प्रतिबन्धका लागि साथै जनताको जिवन रक्षाको लागि केहि पनि प्रभावकारी कदम चालेको देखिन्दैन । विश्व स्वास्थ्य सँगठन अनुसार ७४ वटा मुलुकहरुले अझैसम्म स्वास्थ्य संस्था र शिक्षण संस्थाहरुमा सुर्तीजन्य पदार्थको प्रयोगको प्रतिबन्ध लगाउन सकेको छैन । विश्वमा भ¬टान मात्र एउटा यस्तो राष्ट्र हो जहाँं सुर्तीजन्य पदार्थ पूर्ण रुपमा प्रतिबन्ध छ ।

    नेपालमा सुर्तीजन्य पदार्थ वा धुम्रपानको समस्या ः

     विश्वमा हाम्रो देश धुमपान र सुर्तीजन्य पदार्थका धेरैे सेवनकर्ताहरू भएका देशहरू मध्ये पर्दछ । सुर्तीजन्य पदार्थको सेवन गर्ने ३० लाख ४६ हजार १५ बर्ष माथि उमेरका छन् ।  यसको कारणले गर्दा धुमपान र सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगीहरूको संख्या दिनप्रति दिन बढदै गईरहेको छ । नेपालमा सुर्तीजन्य पदार्थको सेबन बाट वर्षेनी २७,१०० मानिसहरुको मृत्युहुने गरेको छ । विश्व स्वास्थ्य संघले गरेको अध्ययन अनुसार नेपालमा चुरोट बिडीको  सेवन गर्नेहरु ३५.५ प्रतिशत पुरुषहरु र १५.५ प्रतिशत महिलाहरु छन् भने सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु ३१.२∞  पुरुषहरु र  १५.५ ∞ महिलाहरु छन् । नेपाली महिलाहरु विश्वमा धुमपान र सुर्तीजन्य पदार्थका धेरैे सेवनकर्ताहरू मध्ये दोश्रो स्थानमा पर्दछ ।
    हाल नेपालमा बार्षिक ६ हजार मेट्रिक टन भन्दा बढि सूर्तिजन्य  ६ अर्व ६० करोड खिल्लि चुरोट उत्पादन हुने गरेको छ । जुन  विगत २ दशक यता १२ सय गुणाले  वृध्दि भएको छ । चुरोट वा सुर्तीजन्य पदार्थको बिदेश बाट आयात पनि विगतका वर्षहरु भन्दा कयौ गुणाले बढेको छ । नेपालमा बिपन्न ग्रामिण तहका महिला तथा पुरुषहरुले अशिक्षा वा अज्ञानताले गर्दा धेरै सेवन गर्ने गरेका छन जस्ले गर्दा तिनिहरुको आर्थिक अवस्था पनि कमजोर भई रहेको छ । तर शहरी क्षेत्रमा बसोवास गर्नेले फेसनको रुपमा,साथी भाईको करकाप, बिज्ञापनबाट आकर्षित भएर, तनाव घटाउन,साथी भाईको देखासिकिमा लागेर, राम्रो सम्बन्ध बढाउन,आफु भन्दा ठुलो ओहदामा बसेको व्यक्तिहरु सँग सम्पर्क राम्रो गर्न, आफुलाई सम्पन्न र बहादुर देखाउन, शरीर न्यानो गर्न आदि बिभिन्न बहानामा प्रयोग गरि रहेको पाईन्छ । हामीहरुले पनि आफ्नो छोरा छोरीहरुलाई चुरोट,बिडी किन्न पठाउने, चिलिम वा चुरोट आगोमा सल्काउन लगाएर लिएर आउ भन्ने आदि चलनले गर्दा १०,१२ वर्षका बच्चाहरुलाई पनि बानी पर्दछ । एक अध्ययन अनुसार नेपालमा  सुर्तीजन्य पदार्थ प्रयोग गर्ने अधिकांश व्यक्तिहरुलाई यसको खराब असर बारे थाहा छैन । धुमपान र सुर्तीजन्य पदार्थको सेवन सानै उमेरमा साथीहरूको संगत र सामाजिक वाताबरणको कुप्रभाव बाट शुरु हुन्छ । 
      यसको असरका कारणले हाम्रो देशमा मुख , श्वासनली, फोक्सो, आमाशय,गर्भाशय, मुत्रनली, मिर्गौला लगायत शरीरका अन्य अङ्गहरुको क्यान्सरहरु,मुटु,मृगौला, पेट सम्बन्धी रोगहरु, फोक्सो सम्बन्धी रोगहरु दम, ब्रोकाइटिस आदि रोगीहरूको संख्या दिनहुँ बढिरहेको छ । 

    सुर्तीजन्य पदार्थमा पाईने तत्वहरु र यसले स्वास्थ्यमा पार्ने असर ः

         सुर्तीजन्य पदार्थमा ७,००० भन्दा बढी किसिमका बिषाक्त पदार्थहरू जस्तैः हाइड्रोजन साईनाइड, सल्फरडाई अक्साईड,कार्बन मोनोअक्साईड, एमोनिया,फर्मलडिहाईडहरू ग्यासको रूपमा रहेका हुन्छन् । यि मध्ये करीब ४० प्रकारका हानिकारक रसायनिक तत्वहरूले क्यान्सर रोग लाग्छ भनेर प्रमाणित भई सकेको छ ।   

    शरीरमा खराब असर गर्ने केहि रसायनिक तत्वहरु ः
       
    निकोटिनको असर ः सुर्तीजन्य पदार्थमा पाईने नसालु रसायनिक पदार्थ निकोटिनले लत बसाई दिन्छ । यस्ले गर्दा एकपल्ट धुम्रपान वा सुर्ती सेवन गर्ने बित्तिकै बानी पर्छ र सो व्यक्तिले छोड्न सक्दैन ।  एक खिल्लि चुरोटमा २० मिलि ग्राम निकोटिन हुन्छ र ६० मिलि ग्राम निकोटिनको इन्जेक्सन दिदां मानिसको मृत्यु हुन्छ ।  तर एक जना मानिसले दिनको २०,३० खिल्ली चुरोट खादाँ पनि केहि हुन्दैन कारण आगोले पोल्दा निकोटिनको असर घट्छ र मानिसको पनि सहने शक्ति बढेर असर कम गरेको हुन्छ । निकोटिनको लतले मानिसलाई शारीरिक तथा मानसिक रूपले असक्त पार्दछ ।

    टारको असर ः  सुर्तीजन्य पदार्थमा रहेको टारको असरले तलतल लगाई राख्ने,एकाग्र नहुने छटपटी हुने र सेवन गरेको औलाहरु,दाँतहरु र मुखमा दाग बनाउँछ । 
    कार्वनमोनोअक्साइडको असर ः  एक खिल्ली चुरोटमा २० मिलिग्राम र एउटा सिगारमा ८० मिलिग्राम कार्वन मोनोअक्साइड ग्यासको रूपमा रहेको हुन्छ ।  कार्बन मोनाअक्साइडले रगतको हेमोग्लोबिनमा असर गरि कार्बोक्सिहेमोग्लोविन भन्ने पदार्थले रगतमा अक्सिजनको कमीले मृत्यु हुने गरेको छ ।  
    एमोनियाको खराब असर ः एमोनिया पनि सुर्तीजन्य पदार्थमा ग्यासको रूपमा रहेका हुन्छ । यसको असरले फोक्सो कमजोर बनाई स्वासप्रस्वास सम्बन्धि रोगहरु लगाउँछ र रगतमा असर गरि रगतको कमि एनिमिया भएर मृत्यु हुन्छ । 
    लिडको खराब असरः  यसको कारणले रक्त कोषहरुमा, मृगौलामा,मस्तिष्कमा असर प¬गेर शारिरीक तथा मानसिक विकासमा अबरोध आउँछ ।  
    व्य¬¬टाडायनको खराब असर ः यसको असरले अाँखा,नाक, घाँटीको समस्या हन्छ । यसले गर्दा टाउको द¬ख्ने,अाँखाको दृष्टी कम ह¬ने,रिंगटा लाग्ने हुन्छ ।  यसले गर्दा मुटुमा  खराब असर गरि हर्ट एटेक हुने र फोक्सोको क्यान्सर समेत हुने गर्दछ ।
    एसिटलडिहाइडको असर ः यसको खराब असरले गर्दा अाँखा,छालामा नराम्रो असर गर्दछ । फोक्सोमा रहेको कोषहरुलाई पनि नष्ट गरि मानिसको मृत्यु समेत ह¬न्छ ।
      
      यसको साथै आर्सेनिक, क्रोमियम, नाइट्रोसमाईन र बेन्जोपाईरिन जस्ता रसायनिक तत्वहरूले मुख , श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, पिसाब थैली, मुत्रनली, मिर्गौला लगायत शरीरका अन्य अङ्गहरुको क्यान्सर हुन्छ ।  धुवा“मा भएका निकोटिन, क्याडमियम, कार्बन मनोअक्साईड जस्ता तत्वहरूले प्रजनन प्रकृयामा समेत असर गर्दछन् । 
      
     अन्य पदार्थहरुमा एसिटोन,एक्रोलिएन, एक्रोनाइट्राइल,व्युटायरअल्डिहाइड,निकेल,मर्करी, क्याचेकोल, सेलेनियम, प्रिहाइड्रोक्विनोन, प्रिपिओन अल्डिहाइड, हाइड्रोजन साइनाइड, बेन्जिन, बेन्जोपाइरिन, वेन्जोयनथ्रासिन,क्रोटोन अल्डिहाइड,नाइट्रिक अक्साइड, फेनोल,स्टाइन,मिथाइल इथाइल किटोन र क्विनोलिन जस्ता हानिकारक विषाल¬ पदार्थहरुले शरीरको विभिन्न अंगहरुमा असर गरि यसबाट क्यान्सर रोगका साथै म¬ट¬ सम्बन्धी रोगहरु, पेट सम्बन्धी रोगहरु,मघ¬मेह ह¬ने,क्षयरोग रोग लाग्ने, फोक्सो सम्बन्धी दम, ब्रोकाइटिस, निमोनिया आदि रोगहरू पनि लाग्दछ ।
         किशोरावस्थामा धुमपान र सुर्तीजन्य पदार्थको सेवन गरेमा अरु भन्दा २५ वर्ष अगाडि नै मृत्य¬ ह¬ने गरेको छ । यसको असरले अाँखाको मोतिबिन्द¬ ह¬ने,नशा सम्बन्धि रोगहरु, म¬खको गिजा, दाँत तथा हाड सम्बन्धि रोगहरु लाग्ने, कानमा असर गरि श्रवण शक्तिमा ह्रास आई स¬न्न नसकिने ह¬न्छ । सुर्तीजन्य पदार्थबाट तत्काल धेरै असर नपरे पनि यसको दीर्घकालिन असर डरलाग्दो हुन्छ । 
     
    सुर्तीजन्य पदार्थको सेवन बाट अल्पकालिन, मध्य कालिन तथा दीर्घकालिन असरहरू निम्न छन् 

    अल्पकालिन असरहरू ःधुमपान, सुर्ती सेबनले मुख, जिब्रो, घा“टी, पाचननली र मस्तिष्कमा नराम्रो प्रभाव पार्दछ । जसले गर्दा मुख गन्हाउने, जिब्रो र घा“टी खस खसाउने, रि“गटा लाग्ने, बान्ता आउने, घा“टीमा अप्ठेरो हुने, मुख सुके जस्तो हुने, साँस गन्हाउने, आ“खा नाक पोल्ने, कान चिलाउने आदि हुन्छ ।  
    मध्यकालिन असरहरूः धुमपान, सुर्ती सेबनले खोकी लाग्ने, छाती दुख्ने, कफ बढाउने, पेट दुख्ने, अपच हुने, ग्याष्ट्रिक हुने, मुटुको धडकन बढाउने आदि विभिन्न मध्यकालिन लक्षणहरू देखिन्छ ।
    दीर्घकालिन गम्भिर असरहरू 
    ¬ विभिन्न अंगको क्यान्सरहरू  ः धुमपान र सुर्तीजन्य पदार्थको सेबनबाट धेरै मानिसको मृत्यु फोक्सोको,मुखको,घांटीको,अन्ननली,स्वासनली,आमाशय, प्रोष्टेट, आन्द्रा, मृगौला,पाठेघर आदि विभिन्न अंगहरुको क्यान्सरको कारणले हुने गरेको छ ।  धुमपान र सुर्तीजन्य पदार्थको सेबनबाट स्वस्थ्य व्यक्तिलाई भन्दा २२ गुणा बढि फोक्सोको क्यान्सर,घांँटीको क्यान्सर १२ गुणा बढि, मुखको क्यान्सर २७ गुणा बढि र स्वासनलीको क्यान्सर १५ गुणा बढि हुने गरेको छ ।
    मुटुको रोगहरु ः  धुमपान र सुर्तीजन्य पदार्थको सेबनले विश्वमा हुने कुल मृत्यको  एक तिहाई मृत्युको कारण मुटु रोगले हुने गरेको छ । मुटु रोगले विकासशिल देशहरुमा १० लाख र विकसित देशहरुमा ६ लाख मानिसहरुको वर्षेनी मृत्यु हुने गरेको छ । धुमपान र सुर्तीजन्य पदार्थको सेवन बाट रक्तनलीहरू सा“घुरो भएर मुटुमा रक्त सञ्चारको कमी भइ हार्ट ऐटेकले गर्दा युवा अवस्थामा धेरै जनाको मृत्यु  ह¬ने गरेको छ । यसको सेवनले मुटुको धडकन बढ्ने, असन्त¬लित हुने तथा रक्तचाप बढ्ने गरेको छ । 

    मृगौला र फोक्सोकोे रोगहरु 

          धुमपान र सुर्तीजन्य पदार्थको सेबनले मृगौला सम्बन्धि बिभिन्न रोगहरु लागेर अन्त्यमा यसले काम गर्न छोडि मत्य¬ हुन्छ  । यसको असरले फोक्सोको खराबी गरी व्रोन्काईटिस, निमोनिया, क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज सार्थै  दम रोगले वर्षेनी लाखौ मानिसको मृत्य¬¬ ह¬ने गरेको छ । 
        
    मानसिक र रक्त संचार सम्बन्धि रोगहरु ः    धुमपान र सुर्तीजन्य पदार्थको सेबनले मष्तिष्कमा असर गरि र्पाकिन्सन, डिमेन्सिया, अल्जाइमर रोग लाग्ने, मस्तिष्कमा रक्त संचार बन्द भई मस्तिष्कघात भई मृत्यु हुने, विभिन्न अंगहरुमा रहेको रक्त संचार प्रणालीमा असर गरि रक्त संचार बन्द भई सम्बन्धित अंग काट्न पर्ने आदि समस्याहरु देखिन्छ ।
    बिभिन्न रोगहरु ः  सुर्तीजन्य पदार्थको सेवनले शरिरको अन्य भागहरुमा पनि असर गरि आँखामा मोतिबिन्द¬ ह¬ने, छाला चाउरी पर्ने,क्षयरोग लाग्ने,शरीरको हाडहरु कमजोर हुने, औलाको नंगहरु कमजोर भई झर्ने आदि विभिन्न समस्याहरु देखिन्छ । 

    गर्भको बच्चालाई असर
       गर्भवती महिलाले सुर्तीजन्य पदार्थको सेबन गरेमा गर्भपतन हुने, गर्भमा शिशुको विकास ठिक स“ग नहुने, महिना नपुगी बच्चा जन्मने, कम तौलको बच्चा जन्मने, खुडे तथा अपा· हुने, मरेको शिशु जन्मने वा जन्मेको पहिलो हप्तामा मृत्यु हुने सम्भाबना धेरै हुन्छ । 
    चुरोट,बिडीको धँ¬वाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब  ः चुरोट, बिडीको सेबन गर्नेले एक तिहाई मात्र आफ¬ले तान्छ र बाँकि द¬ई तिहाई सबै बाहिर फाल्ने भएकोले त्यसको असर वरिपरी बस्ने लाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब पर्ने गरेको छ ।  यसको ध¬वाँको प्रभाबका कारण  वरीपरि बस्ने अन्य व्यक्तिहरुलाई  पनि असर गर्दछ जस्लाईप्यासिभ स्मोकिंग भनिन्छ । यस्तै ध¬वाँको अवशेष केहि समय सम्म त्यस ठाँउमा रहेको घरको ओढ्ने,ओछ्याउने,पर्दा र अन्य बस्तुहरुमा रहि रहन्छ । यदि त्यहाँ अरु कोहिले प्रयोग गरेको वा छोएको छ भने उस्लाई पनि असर गर्ने लाई थर्ड हेण्ड स्मोकिंग भनिन्छ ।  यसको असरले ध¬म्रपान नगर्ने लाई पनि क्यान्सर तथा श्वासप्रश्वास सम्बन्धी रोगहरू, ब्रोन्का“ईटिस, निमोनिया, दम, मुत्र प्रणालीको रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । 

    कोविड १९ वा कोरोना भाइरसको प्रभाब ः हाल विश्वव्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरसको संक्रमणले करोडौ मानिसहरु संक्रमण भई लाखौको¬ मृत्य¬¬ भई सकेको छ । धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई कोरोनाको बढि जोखिम देखिएको छ । 
    धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई  फोक्सो, म¬ट¬,मृगौला तथा अन्य अंगहरुमा नराम्रो असर गरेर शरीर कमजोर भई रहेको ह¬न्छ । कोरोना भाइरसको संक्रमणले  फोक्सो, म¬ट¬,मृगौला तथा अन्य अंगहरु सम्बन्धि रोग लागेको व्यक्तिहरुलाई बढि असर गर्ने भएकोले त्यस्ताको मृत्य¬ ह¬ने संभावना एकदमै बढि ह¬न्छ ।  

    विश्व स्वास्थ्य संधबाट सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गरेको एफ.सि.टि.सि संन्धिमा नेपालले पनि ३ डिसम्बर २००३ मा भाग लिएको थियो । यसबाट पारित धुम्रपान नियन्त्रण सम्बन्धि विभिन्न नियम कानुनको पालना गर्नका लागि ७ नवम्वर २००६ मा हस्ताक्षर गरि हाल विभिन्न प्रयासहरु गरेता पनि प्रभाबकारी रुपले नियन्त्रण भएको छैन ।

      धुमपान र सुर्तीजन्य पदार्थको सेबनले जो सुकैलाई पनि असर गर्दछ तसर्थ समाजमा रहेका सबै ब्यक्ति, समूह एकजुट भई यसको खराब असरबारे सबैलाई जानकारी गराँई निम्न कार्यहरु गनर्¬ पर्दछ । 
    ड्ड सर्वप्रथम आफुले सुर्तीजन्य पदार्थहरु जस्तै चुरोट, बिडी,तम्बाखु, खैनी,सुर्ती, पान मसला आदिको सेवन गरि रहेको छ भने परित्याग गर्नुपर्छ र परिवारका  अरु सदस्यहरुले पनि गरेको छ भने पनि छोड्न लगाउनु पर्छ ।
    ड्ड सुर्तीजन्य पदार्थहरुको नियन्त्रण सम्बन्धि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्छ ।   
    ड्ड सुर्तीजन्य पदार्थहरुको जथाभाबी रुपले बिक्रि वितरण गर्न प्रतिवन्ध लगाउने र बालबालिका लाई बिक्रि गरेमा कडाई साथ  कारवाहि गर्नुपर्छ ।
    ड्ड अचेल रेष्ट¬रेन्टहरुमा ह¬क्का राखेर ह¬क्का बार भनि ख¬लेयाम बोर्ड राखेर प्रचार प्रसार गरेर य¬वा र य¬वतिहरु लाई आर्कषित गर्ने कार्यको प्रतिवन्ध लगाउनु पर्छ । 
    ड्ड सिनेमा,टि.भि.वा रेडियो बाट दिने बिज्ञापनहरु र प्रायोजन गर्न लाई पनि प्रतिबन्ध लगाउन पर्छ ।
    ड्ड अचेल युवा र युवतिहरु लाई आर्कषित गर्ने गरेको चुरोटको बदला  ई सिगरेटको चलन चल्तिमा आएको लाई पनि प्रतिबन्ध लगाउन पर्छ । 
    ड्ड धुम्रपानको बट्टामा ९०  क्यान्सरको फोटो सहित सबैले देख्ने गरेर यसको हानी बारे उल्लेख गर्नु पर्ने कान¬नी प्रावधानको कडाई साथ लागू गर्नु पर्छ ।
    ड्ड हाम्रो देशमा च¬रोट, बिडी, खैनी, सूर्ती छोड्न चाहनेहरु लाई तल तल मेट्न निकोटिन रिप्लेसमेन्टथेरापीको लागि प्रयोग गर्न आवश्यक निकोटिन चुईगम वा प्याच आदि नपाइने भएकोले यसको बजारमा सजिलै सँग उपलव्ध हुने व्यबस्था गर्नुपर्छ ।  
    ड्ड सुर्तीजन्य पदार्थहरुमा कर बृद्धि गरेर आम नागरिकले किन्न नसक्ने गरेर मंहगो गर्नुपर्छ ।
    ड्ड किसानहरुलाई पनि सुर्तीजन्य पदार्थहरुको खेती भन्दा अरु खेती गर्न प्रोत्साहन गर्न ऋणको व्यबस्था गर्नुपर्छ ।   
    ड्ड बिद्यालयको पाठ्य पुस्तकहरुमा धुम्रपानको हानीहरु बारे समावेश गरि भावी सन्ततीलाई यसको सेवन बाट जोगाउन पर्दछ ।
    ड्ड सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गर्नुपर्छ र गरेमा कानुन अनुसार जरिवाना वा कारबाहि गर्नुपर्छ ।
    ड्ड खुलेयाम रुपले धुम्रपानको होर्डिंग बोर्ड वा अन्य विज्ञापनमा पुर्ण रुपले प्रतिबन्ध लगाउनु पर्छ ।

                 उपरोक्त कदमहरु परिचालन र कार्यान्वयनका लागि जबसम्म सरकारको तर्फबाट यसको नियन्त्रणका लागि बनेको नियम कानुनको कडाईका साथ लागु गरिन्दैन तब सम्म नियन्त्रण गर्न संभब छैन । धुम्रपानको बिक्रिबाट उठेको कर बाट सरकारलाई करोडौ राजस्व उठेता पनि सरकारले यो कुरा बुझ्न जरुरी छ कि यसको असर बाट लाखौ आम नागरिकलाई यस सँग सम्वन्धित विभिन्न रोगहरु लागेर सयौ गुणा बढि खर्च गर्नु परेको छ र यो आम नागरिकको स्वास्थ्य भन्दा एकदमै नगण्य हुन्छ । ध¬म्रपान नियन्त्रण सम्बन्धि विश्वका प्राय सबै देशको सरकारले सैकडौ बर्ष देखि प्रयास गरेता पनि हालसम्म प्रभावकारी रुपले नियन्त्रण नभएकोले हाम्रो देशमा ३१ मे का दिन विश्व धम्रपान रहित दिवसको अवसर पारेर सुर्तीजन्य पदार्थहरुको उत्पादन र विक्रि वितरणमा  प¬¬र्ण रुपमा प्रतिबन्ध गन¬र्¬ नै एउटा महत्वप¬¬र्ण र साहसिक ब¬¬ध्दिमानी कदम ह¬नेछ जस्ले गर्दा लाखौ व्यक्तिहरुको अकालै मृत्य¬ ह¬ने वाट जोगाउन सकिन्छ ।  

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार