काठमाडौँ, ९ भदौ । हैजा संक्रमण तीब्र रुपमा बढेको छ ।
सबैभन्दा बढी ललितपुरमा ४७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
गत साउन यता ६७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लाका ६७ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।
चार जना हैजा सङ्क्रमित उपचाररत छन् । त्यस्तै काठमाडौँमा ९, कैलालीमा ८, प्युठानमा २, मकवानपुरमा १ जनामा हैजा पुष्टि भएको छ । हैजा संक्रमण पुष्टि भएका मध्ये ६३ जना निको भइसकेका छन् ।