• बिहीबार , ५ कात्तिक २०८३
  • images

    डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, दुई जनाको मृत्यु

    डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, दुई जनाको मृत्यु

    मंगलबार, भदौ ४ २०८१
    मंगलबार, भदौ ४ २०८१
    डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, दुई जनाको मृत्यु
    फाइल तस्वीर

    काठमाडौँ, ४ भदौ । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशभर ४ हजार ९७ जनामा डेंगी संक्रमण देखिएको हो ।

    images


    काठमाडौँमा ३८०, कास्कीमा ३५१, पर्वतमा १७७, चितवनमा १५७ र झापामा १४९ जना संक्रमित भएका छन्। 

    त्यस्तै देशका ७७ जिल्ला मध्ये मुस्ताङ, हुम्ला र जुम्ला बाहेक ७४ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

    यो वर्ष हालसम्म डेंगी संक्रमणबाट दुईजनाको मृत्यु भएको छ।

    केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको  डेंगी सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार